तरहरा जेसीजद्वारा ‘वृहत रक्तदान कार्यक्रम’ सम्पन्न
तरहरा। देशको वर्तमान विषम परिस्थिति र जटिलताका बाबजुद पनि तरहरा जेसीजले आफ्नो वार्षिक ‘जेसीज सप्ताह’ कार्यक्रमलाई निरन्तरता दिँदै समुदायमा सकारात्मक ऊर्जा प्रवाह गरेको छ।
यसै क्रममा आइतवार सप्ताहव्यापी कार्यक्रमअन्तर्गत दोस्रो दिन ‘वृहत रक्तदान कार्यक्रम’ इटहरी-२० तरहरास्थित सगरमाथा खेल मैदानमा भव्यताका साथ सम्पन्न भएको छ।
तरहरा जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी सुमन दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) धरानका सहायक डिन तथा वरिष्ठ छाला रोग विशेषज्ञ तथा साबिक हॅासपोसाका पहिलो डा. धन केशर खड्काले प्रमुख अतिथिको रूपमा सहभागिता जनाएका थिए।
रक्तदान कार्यक्रमको संयोजन जेसी पुरषोत्म शाहाले गरेका थिए भने जेसी रोशन भुजेल मूल संयोजकको भूमिकामा रहेका थिए।
मूल संयोजक भुजेलका अनुसार, यस्ता रचनात्मक क्रियाकलापले समाजमा सकारात्मक सन्देश दिनुका साथै युवाहरूलाई सामाजिक हितका कार्यमा संलग्न गराउन मद्दत पुर्याउँछ।
संस्थाले जस्तोसुकै अवस्थामा पनि आफ्नो सामाजिक दायित्व नभुल्ने महासचिव ओम कुमार खड्काले बताए।
उनले भने, “युवाहरूको उत्साह र सक्रियताले नै यो कार्यक्रमलाई सफल बनाउन सम्भव भएको
अध्यक्ष दाहालले चुनौतीपूर्ण समयमा पनि सामाजिक अभियानलाई निरन्तरता दिँदै समुदायलाई एकजुट बनाउने प्रतिबद्धता व्यक्त गरे।
उनका अनुसार, “हरेक वर्ष समाजमा सकारात्मक ऊर्जा र सन्देश प्रवाह गर्दै आएको यो सप्ताहव्यापी कार्यक्रम देशको वर्तमान विषम परिस्थिति र जटिलताका बाबजुद पनि गर्नु नै हाम्रै लागि सफलता हो।”
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत अन्य दिनहरूमा वक्तृत्व कला प्रतियोगिता, मैत्रीपूर्ण फुटबल खेल (आज), चेस प्रतियोगिता, लोक नृत्य प्रतियोगिता र तम्बोला (हाउजी) खेल लगायतका कार्यक्रमहरू आयोजना गरिनेछन्।
आजको कार्यक्रममा वडा अध्यक्ष तथा पूर्व तरहरा जेसीज अध्यक्ष मणीराम श्रेष्ठ, वडा सदस्य तनुज गुरुङ लगायत राजनीतिक, सामाजिक संघसंस्थाका प्रतिनिधिहरू, स्थानीय बुद्धिजीवी र युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
उनीहरूको सहभागिताले कार्यक्रमको शोभा बढाएको थियो।
