प्रधानमन्त्री बालेनले लगाए अर्थमन्त्री वाग्लेको अलोकप्रिय कदममा ब्रेक
काठमाडौँ — प्रधानमन्त्री बालेनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अलोकप्रिय कदमलाई ब्रेक लगाईदिएका छन् । प्रधानमन्त्रीले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्तावित ३ प्रतिशत समता कर तत्कालका लागि लागू नगर्ने निर्णय गर्नुभएको छ। यो कर लागू गर्दा आम नागरिकमा थप आर्थिक भार र निराशा पैदा हुने भन्दै जनभावनाको कदर स्वरूप सरकारले यो कदम चालेको, प्रधानमन्त्रीको निजी फेशबुक स्टाटस्मा भनिएको छ ।
यसैबीच, स्रोतका अनुसार सुरुवातदेखि नै खटपट रहँदै आएको प्रधानमन्त्री बालेन र अर्थमन्त्री डा। वाग्लेको सम्बन्धमा थप चिसोपन आएको चर्चा छ। अर्थमन्त्री वाग्लेले वर्तमान सरकारलाई असफल बनाई आफू नै प्रधानमन्त्री बन्ने भित्री महत्वाकांक्षाका साथ राजनीतिक तानाबाना बुनिरहेको दाबी गरिए पनि यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन। समता कर स्थगन गरिए पनि विपन्न नागरिकको हितका लागि निजी अस्पतालमा १० प्रतिशत बेड र निजी शिक्षण संस्थामा १० प्रतिशत सिट निःशुल्क एवं पारदर्शी रूपमा उपलब्ध गराउने नीतिलाई सरकारले कडाइका साथ निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
