📰 तरहरामा भव्य रूपमा विश्वकप फाइनलको प्रत्यक्ष प्रसारण सम्पन्न फिफा वर्ड कप
तरहरा। फिफा विश्वकप फाइनलमा स्पेन र अर्जेन्टिनाबीच भएको रोमाञ्चक प्रतिस्पर्धासँगै एउटा ऐतिहासिक तथ्य पनि दर्ज भएको छ। विश्वकप फाइनलको इतिहासमा अर्जेन्टिना विगत ६० वर्षयता निर्धारित ९० मिनेटभित्र विपक्षीको पोस्टतर्फ एउटै पनि शट प्रहार गर्न नसक्ने पहिलो टोली बनेको छ। स्पेनविरुद्धको फाइनलमा अर्जेन्टिनाले नियमित समयमा गोलतर्फ कुनै शट गर्न नसकेको तथ्य चर्चाको विषय बनेको छ।
यता, सुनसरीको तरहरास्थित युवा मिलन क्लब, तरहरा ले विश्वकप फाइनलको खेल हाई क्वालिटी एचडी प्रोजेक्टरमार्फत प्रत्यक्ष प्रसारण (Live Streaming) गरी स्थानीय खेलप्रेमीलाई सामूहिक रूपमा खेल हेर्ने अवसर प्रदान गरेको छ।
क्लबका अध्यक्ष अमर लिम्बु का अनुसार, विश्वकप फाइनलको प्रत्यक्ष प्रसारण सफलतापूर्वक सम्पन्न भएको र ठूलो संख्यामा खेलप्रेमीहरूको सहभागिता रहेको थियो।
त्यसैगरी, क्लबका कोषाध्यक्ष मनोज चौधरी ले सम्पूर्ण कार्यक्रम भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न भएको जानकारी दिँदै सहयोग गर्ने सबै सदस्य, स्वयंसेवक तथा उपस्थित दर्शकप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रमको सफलतापछि अध्यक्ष अमर लिम्बुले युवा मिलन क्लबको सम्पूर्ण टिम, सहयोगीहरू तथा प्रत्यक्ष प्रसारणमा सहभागी भएर कार्यक्रमलाई सफल बनाउने सबै दर्शकप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ। विश्वकप फाइनलको सामूहिक प्रत्यक्ष प्रसारणले स्थानीय खेलप्रेमीबीच उत्साह, एकता र खेलप्रतिको आकर्षण अझ बढाएको क्लबले जनाएको छ।



