“तरहरा जेसीजले चुनौतीपूर्ण समयमा पनि सामाजिक अभियानलाई निरन्तरता दिँदै समुदायलाई एकजुट बनाउने” अध्यक्ष दाहालको कथन
देशको वर्तमान विषम परिस्थिति र जटिलताका बाबजुद पनि तरहरा जेसीजले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि आफ्नो वार्षिक ‘जेसीज सप्ताह’ कार्यक्रमलाई जेसीजको परम्परा अनुसार, समुदायमै मनाउने परम्पराको निरन्तरता गर्दै भव्यताका साथ मनाउने भएको छ।
:हरेक वर्ष समाजमा सकारात्मक ऊर्जा र सन्देश प्रवाह गर्दै आएको यो सप्ताहव्यापी कार्यक्रम देशको वर्तमान विषम परिस्थिति र जटिलताका बाबजुद पनि गरिने” अध्यक्ष सुमन दाहालले बताए ।
सप्ताह मूल संयोजक रोशन भूजेल अनुसार, असोज २५ गतेदेखि कार्तिक १ गतेसम्म हुने जेसीज सप्ताह २०२५ को सप्ताहव्यापी कार्यक्रममा स्लो बाइक रेस (ढिलो बाइक दौड), वक्तृत्व कला प्रतियोगिता, रक्तदान कार्यक्रम, मैत्रीपूर्ण फुटबल खेल, चेस प्रतियोगिता, लोक नृत्य प्रतियोगिता र तम्बोला (हाउजी) खेल हुनेछ ।
भूजेलका अनुसार, यस्ता क्रियाकलापले समाजमा सकारात्मक सन्देश दिनुका साथै युवाहरूलाई रचनात्मक कार्यमा संलग्न गराउन मद्दत पुर्याउने छ ।
संस्थाले विभिन्न रचनात्मक तथा सामाजिक हितका कार्यक्रमहरू गर्दै आएको महासचिव ओम कुमार खड्काले बताए ।
“जस्तोसुकै अवस्थामा पनि जेसीजले आफ्नो सामाजिक दायित्व भुल्दैन।”, महासचिव ओम कुमार खड्काले भने, “युवाहरूको उत्साह र सक्रियताले नै यो कार्यक्रमलाई सफल बनाउन सम्भव भएको हो।”
“तरहरा जेसीजले चुनौतीपूर्ण समयमा पनि सामाजिक अभियानलाई निरन्तरता दिँदै समुदायलाई एकजुट बनाउने” अध्यक्ष दाहालको कथन छ ।
