शर्तहरू
कृपया हाम्रो वेबसाइटहरूमा पहुँच गर्नु/भ्रमण गर्नु अघि यी शर्तहरू ध्यानपूर्वक पढ्नुहोस्, यिनमा कानुनी रूपमा बाध्यकारी विषयहरू समावेश छन्। तपाईंले यदि वेबसाइट भ्रमण वा प्रयोग गर्नुभयो भने, तपाईंले यी शर्तहरू पूरा रूपमा पढ्नुभएको, बुझ्नुभएको र सहमति जनाउनुभएको मानिनेछ।
यदि तपाईं यी शर्तहरूसँग असहमत हुनुहुन्छ भने, कृपया हाम्रो वेबसाइट प्रयोग नगर्नुहोस्।
प्रतिलिपि अधिकार (Copyright)
गुरखा खबर, सोल्टी टिभी, र यस अन्तर्गतका सबै अनलाइन/मोबाइल प्लेटफर्महरूमा प्रकाशित सम्पूर्ण सामग्री (पाठ, फोटो, भिडियो, ध्वनि, डिजाइन, लेआउट, ग्राफिक्स आदि) नेपालको लागू कानून तथा अन्तर्राष्ट्रिय प्रतिलिपि अधिकार सन्धिहरू अन्तर्गत सुरक्षित छन्।
यस वेबसाइटमा रहेका सामग्रीहरू व्यक्तिगत, गैर-व्यावसायिक प्रयोजनका लागि मात्र सीमित प्रयोग गर्न सकिनेछ। कुनै पनि सामग्री परिवर्तन, पुनःप्रकाशन, पुनःप्रसारण वा पुनःवितरण गर्न कम्पनीको लिखित अनुमति आवश्यक हुनेछ।
HTML कोड, डिजाइन, “लुक एण्ड फिल” लगायत सबै ग्राफिकल पहिचानहरू पनि कम्पनीको बौद्धिक सम्पत्ति हुन्, जसको प्रतिलिपि वा प्रयोग गर्न पाइँदैन।
तृतीय पक्ष सामग्री (Third Party Content)
तृतीय पक्ष समाचार संस्था वा स्रोतबाट प्राप्त सामग्रीहरू पनि प्रतिलिपि अधिकार अन्तर्गत संरक्षित छन्। यसलाई कुनै माध्यममा पुनःप्रकाशन वा पुनःवितरण गर्न पाइँदैन, केवल व्यक्तिगत प्रयोगका लागि मात्र सीमित प्रयोग गर्न सकिनेछ।
AI र डेटा प्रयोग प्रतिबन्ध
कुनै पनि सामग्रीलाई कृत्रिम बुद्धिमत्ता (AI) प्रणाली विकास वा तालिमका लागि, वा सफ्टवेयर निर्माणमा प्रयोग गर्न पाइँदैन, जबसम्म कम्पनीको पूर्व स्वीकृति प्राप्त नभएको हो।
दावी अस्वीकरण (Disclaimer)
प्रस्तुत सामग्रीहरूमा भएको कुनै ढिलाइ, त्रुटि, अपूर्णता वा प्रसारणका कारण उत्पन्न हुने क्षतिप्रति कम्पनी जिम्मेवार हुने छैन।
कम्पनी र यसको सहायक कम्पनीहरू
कम्पनी र यसको सहायक संस्था तथा साझेदारहरू नेपाल र कोशी प्रदेशमा सञ्चालित छन्। कम्पनीले विभिन्न डिजिटल र मिडिया प्लेटफर्ममार्फत समाचार, जानकारीमूलक सामग्री, विज्ञापन सेवा र कार्यक्रम सञ्चालन गर्दछ।
यी सेवा र उत्पादनहरूमा निम्न समावेश छन् :
गोर्खा खबर, सोल्टी टिभी, गोर्खा खबर मोबाइल एप, सोल्टी टिभी युट्युब च्यानल, सोल्टी टिभी अनलाईन र सोल्टिनी (ईसोल्टिनी डट कम)
आमा डिजिटल म्यानेजमेन्ट एण्ड मार्केटिङ प्रा.लि. द्वारा आयोजित कार्यक्रमहरू:
तरहरा उत्सव, गोर्खा सम्मान कार्यक्रम, आदि।
त्यस्तै, कम्पनीले स्थानीय एफ.एम. रेडियो स्टेसन, डिजिटल अडियो प्लेटफर्महरू (जस्तै, गोर्खा रेडियो, सोल्टी एफ.एम. पनि सञ्चालित गर्न सक्ने अधिकार राख्दछ।
ट्रेडमार्कहरू (सांकेतिक चिह्नहरू)
कम्पनी तथा यसको सहायक संस्थाहरूको स्वामित्वमा रहेका ट्रेडमार्क र सेवा चिह्नहरूमा निम्न समावेश छन् (सीमित नभई ः गोर्खा खबर, सोल्टी टिभी, आमा डिजिटल, गोर्खा एफएम, गोर्खा एजुकेसन मेला, तरहरा उत्सव, गोर्खा अवार्ड, लगायत सबै वेबसाइट, एप्स, कार्यक्रम र उनीहरूको लोगो अन्य सबै ट्रेडमार्कहरू सम्बन्धित कानुनी स्वामिको सम्पत्ति हुन्।
नियम र आचारसंहिता
हाम्रो प्लेटफर्ममा सबै प्रयोगकर्ताहरूले शिष्ट, जिम्मेवार र जानकारीमूलक छलफल गर्नुपर्नेछ। हामी एक सकारात्मक डिजिटल समुदाय निर्माणमा प्रतिबद्ध छौं।
✅ स्वीकृत कुरा
आ–आफ्नो विचार स्वतन्त्र रूपमा राख्न पाउने तर शालीनता र विषयप्रतिको सम्मान कायम गर्नुपर्ने।
गहिरो, तार्किक, तथ्यमा आधारित छलफललाई प्रोत्साहन दिइन्छ।
❌ निषेधित कुरा (यी कुनै पनि पोस्ट र टिप्पणी गर्न पाइँदैन)
अश्लील, आपत्तिजनक, गालीगलौज, वा जातीय, धार्मिक, लैंगिक, सांस्कृतिक वा राजपरिवार प्रतिको अपमानजनक कुरा।
झूटा, भ्रम फैलाउने, वा धोखाधडी गर्ने उद्देश्यका सामग्री।
अन्य प्रयोगकर्तालाई उक्साउने, ट्रोल गर्ने, वा भावनात्मक प्रतिक्रिया निकाल्न बाध्य पार्ने प्रयास।
व्यक्तिगत जानकारी (फोन, ठेगाना, ईमेल) सार्वजनिक गर्नु।
अनुमति बिना अरूको सामग्री नक्कल गर्नु (प्रतिलिपि अधिकारको उल्लङ्घन)।
आफैंको व्यापार, वेबसाइट, युट्युब, फण्ड रेजिङ, वा वस्तु बेच्ने लिंक राख्नु।
स्वास्थ्य, औषधि, आत्महानी, लतसम्बन्धी वा सुरक्षामा खतरा पुर्याउने सल्लाह दिनु।
अदालतको विषयमा न्याय प्रक्रिया प्रभावित हुने प्रकारका सामग्री।
⚠️ यदि नियम उल्लङ्घन गरिन्छ भने
टिप्पणी हटाइनेछ।
प्रयोगकर्तालाई चेतावनी दिइने वा खाता अस्थायी/स्थायी रूपमा बन्द गरिनेछ।
गम्भीर उल्लङ्घनमा सम्बन्धित निकायमा उजुरी गरिनेछ।
नोट:
– तपाईंको विचार वा स्रोत लिंक दिन सक्नुहुन्छ तर प्रचार वा बिक्रीको उद्देश्यले गरिएको टिप्पणी स्वीकार्य हुने छैन।
– प्रतिलिपि अधिकार उल्लङ्घन हुने सामग्री (ठूलो भागमा नक्कल गरिएको पाठ) नहाल्नुहोस्।
– कुनै पनि टिप्पणी हाम्रो टीमको विवेकमा अनुचित ठहरिएमा हटाइनेछ।
स्प्याम र अनुपयुक्त लिंकहरू
- एउटै सामग्री बारम्बार पोष्ट गर्नु, वा वेबसाइट, उत्पादन, वा सेवाको प्रचार गर्न ‘सिग्नेचर’ प्रयोग गर्नु स्प्याम मानिन्छ।
- निम्न प्रकारका लिङ्कहरू राख्न पाइँदैन:
- अश्लील, आपत्तिजनक वा गैरकानुनी वेबसाइट
- भुक्तानी माग्ने वा डाउनलोड गराउने साइटहरू
- विदेशी भाषामा मात्र भएको सामग्री
- व्यापारिक प्रचार गर्ने लिङ्कहरू
उपयुक्त नभएको लिङ्क [मोडरेटरले हटाइएको लिङ्क] भनेर बदल्न सकिन्छ।
र्व्यवहार र ट्रोलिङ
- बारम्बार कसैलाई गाली गर्ने, व्यक्तिगत रूपमा आक्रमण गर्ने, वा कार्यरत स्टाफ वा सार्वजनिक व्यक्तिहरूप्रति दुराशय देखाउने गतिविधि हाम्रो नीतिविरुद्ध हो।
- यस्तो व्यवहार दोहोरिएमा प्रयोगकर्ता हटाइनेछ र कानुनी कारबाही हुनसक्छ।
टिप्पणी स्वीकृति प्रक्रिया
- शिष्ट र सुरक्षित वातावरणका लागि टिप्पणीहरू समीक्षा गरेर मात्र सार्वजनिक गरिन्छन्।
- प्रतिक्रिया ढिलो भएमा कृपया धैर्य गर्नुहोस्।
इमानदारी र सुरक्षा
- आफैं बन्नुहोस्, अरूको नक्कल नगर्नुहोस्।
- हिंसा, डर, त्रास, वा अशान्ति फैलाउने कुनै कुरा सह्य छैन।
- जोकसैको व्यक्तिगत जानकारी (फोन, ठेगाना, इमेल) पोष्ट नगर्नुहोस्।
- कुनै व्यक्तिलाई धम्की दिइएमा त्यसलाई हटाएर कानुनी निकायमा जानकारी दिइनेछ।
अस्वीकरण (Disclaimer)
- गोर्खा खबर वेबसाइटमा दिइएको सूचना तथ्यमा आधारित भए पनि, त्रुटि, ढिलाइ वा अपूर्णताका लागि हामी जिम्मेवार हुने छैनौं।
- कुनै पनि निर्णय गर्नु अघि पेशेवर सल्लाह लिनुहोस्।
चेतावनी (Warning)
- टिप्पणी गर्नु अघि नियम र नीति पढ्न सल्लाह दिइन्छ।
- यदि नियम उल्लङ्घन भयो भने बिना सूचना तपाईंको टिप्पणी हटाइनेछ।
- कुनैपनि सामग्री मोबाइल एप वा वेबबाट प्रयोग गर्दा तपाईं आफैं पूर्ण जिम्मेवार हुनुहुनेछ।
हक स्थानान्तरण
- प्रयोगकर्ताले आफ्नो अधिकार वा दायित्व अरूलाई स्थानान्तरण गर्न सक्दैनन्।
- हामी चाहेको खण्डमा नियम अन्य संस्थामा स्थानान्तरण गर्न सक्नेछौं।
कानून र क्षेत्राधिकार
- यी सबै नियमहरू नेपाल सरकार तथा कोशी प्रदेशको कानून अनुसार व्याख्या र लागू गरिनेछ।
- तपाईं नेपालको अदालतको क्षेत्राधिकार अन्तर्गत आउन सहमत हुनुहुन्छ।
गोपनीयता नीति
- व्यक्तिगत विवरणको प्रयोगबारे जानकारीका लागि कृपया हाम्रो गोपनीयता नीति हेर्नुहोस्।
१०. सम्पर्क
यदि तपाईंलाई कुनै प्रश्न, गुनासो वा सुझाव छन् भने हामीलाई यस ठेगानामा सम्पर्क गर्नुहोस्:
📩 gurkhakhabar@gmail.com
