गायिका शशी रावलको नयाँ गीत भन्देऊ न त सार्वजनिक, सस्तो प्रचारबाजी र विवादमा नलाग्ने

0
Singer Sashi Rawal

नेपाली सुगम संगीतकी चर्चित गायिका शशी रावलले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत मेलोडिक पप तथा रोमान्टिक ब्यालेड विधाको नयाँ मौलिक नेपाली गीत ‘भन्देऊ न त’ सार्वजनिक गरेकी छिन्।

प्रेम, सामीप्यता र मनको भावनालाई स्पष्ट रूपमा व्यक्त गरोस् भन्ने चाहनालाई समेटेर तयार पारिएको यो सुमधुर गीतलाई स्रोताका लागि मायाको एउटा सुन्दर उपहार भएको बताउँदै गायिका रावलले बजारमा भ्युज र सस्तो लोकप्रियताका लागि योजनाबद्ध रूपमा विवाद सिर्जना गर्ने आधुनिक प्रवृत्तिको कडा आलोचना गरेकी छिन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो असन्तुष्टि पोख्दै उनले सस्तो हत्कण्डा र प्रचारबाजी भन्दा कलाको आफ्नै रफ्तारमा विश्वास राख्ने स्पष्ट पारेकी छिन् र कछुवाको गतिमै सही, आफ्नो गीत विवादबिना आफ्नै निष्पक्ष बाटोमा अघि बढिरहेको उल्लेख गर्दै सम्पूर्ण संगीतप्रेमीहरूलाई समय मिलाएर गीत सुन्न तथा रचनात्मक प्रतिक्रिया दिन अनुरोध गरेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *