हङकङमा ‘जारी २’ को ऐतिहासिक सफलता: नाफा सामाजिक कार्यमा, भविष्यमा थप ब्लकबस्टर ल्याउने ऊर्जा!

0

नेपालका सबैभन्दा महँगा तथा ब्लकबस्टर नेपाली चलचित्रहरूका हङकङमा सबैभन्दा ठूलो धनराशीमा शो अधिकार खरिद गरी प्रदर्शन गर्ने पाथिभरा इन्टरटेनमेन्टले नै यसअघि ‘जारी’ को पहिलो भाग पनि सफलतापूर्वक प्रदर्शन गरेको थियो।

560105003_2580814012262571_5972776976584588787_n

गोर्खा खबर । हङकङ

‘गड अफ ईन्टरटेनमेन्ट’ पाथिभरा इन्टरटेनमेन्टद्वारा हङकङमा प्रदर्शन गरिएको नेपाली ब्लकबस्टर चलचित्र ‘जारी २’ ले ऐतिहासिक सफलता हासिल गर्दै नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा थप उचाइमा पुर्‍याएको छ। गत पहिलो भागमा जस्तै यसपटक पनि चार हलमा दर्शक अदभूत रूपमा ओर्लिएका थिए ।

नेपालका सबैभन्दा महँगा तथा ब्लकबस्टर नेपाली चलचित्रहरूका हङकङमा सबैभन्दा ठूलो धनराशीमा शो अधिकार खरिद गरी प्रदर्शन गर्ने पाथिभरा इन्टरटेनमेन्टले नै यसअघि ‘जारी’ को पहिलो भाग पनि सफलतापूर्वक प्रदर्शन गरेको थियो।

‘यस भव्य प्रिमियरको सफलताले आयोजक समितिलाई अत्यन्तै खुसी बनाएको छ ।’, आजै आफ्नो जन्मोत्सव समेत मनाउनुभएका पाथिभरा इन्टरटेनमेन्टका सह-संस्थापक जीवन गुरुङले भन्नुभयो, ‘हाम्रा आदरणीय दर्शकहरूको अभूतपूर्व ओइरो र सकारात्मक प्रतिक्रियाले हामीहरूलाई ठूलो ऊर्जा मिलेको छ ।’

उहाँले पाथिभरा इन्टरटेनमेन्टले भविष्यमा हङकङमा थप ब्लकबस्टर चलचित्रहरू ल्याउने बताउनुभयो ।

“यस सफलताको सबैभन्दा महत्त्वपूर्ण पाटो भनेको यसबाट भएको आम्दानीलाई सामाजिक कार्यमा उपयोग गरिनु हो।”, संस्थाका अर्का सह-संस्थापक युवक सान्योक्पा लिम्बुले भन्नुभयो, ‘पाथिभरा इन्टरटेनमेन्टले आफूले आर्जन गरेको नाफाको एक हिस्सा विभिन्न सामाजिक संस्थाहरू र परोपकारी कार्यहरू मा नियमित रूपमा दान गर्ने गरेको छ ॥”

समाजलाई केही योगदान पुऱ्याउने उद्देश्यसहित मनोरञ्जनको क्षेत्रमा काम गरिरहेको पाथिभरा इन्टरटेनमेन्टको यो पहल सराहनीय भएको, सल्लाहकार कालसिंह राईको कथन छ ।

‘गड अफ ईन्टरटेनमेन्ट’ पाथिभरा इन्टरटेनमेन्टका सह-संस्थापक अरुण राईले ऐतिहासिक सफलताका लागि सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

चलचित्रको प्रदर्शनलाई सफल बनाउन मिडिया प्रोमोटर र सहयोगीको रूपमा अतुलनीय भूमिका खेल्नुहुने मज्जाको राई र मज्जाको हङकङलाई विशेष धन्यवाद दिँदै पाथिभरा इन्टरटेनमेन्टले यस भव्य प्रिमियरलाई सफल पार्न अहोरात्र खटिने सम्पूर्ण टिम सदस्यहरूको समर्थन र प्रयासप्रति र यो ऐतिहासिक सफलतामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने समस्त दर्शकहरू, प्रायोजकहरू र शुभचिन्तकहरूलाई हार्दिक आभार व्यक्त गरेको छ ।

तस्वीर- Ambhu Zetha

Leave a Reply

Your email address will not be published. Required fields are marked *