जारी-२ को हङकङमा ग्राण्ड प्रिमीयरमा कुरुङबाङ विजय बराल आउने, अर्को धमका हुदै ईतिहास रच्ने
हङकङको सिनेमा हलमा एकै दिन चार शो ‘हाउसफुल’ भई दर्शकको ठूलो मागका कारण थप दुई शो सञ्चालन गर्नुपरेको नयाँ कीर्तिमान राखेर इतिहास बनाएको नेपाली सुपरहिट फिल्म ‘जारी’ को दोस्रो शृङ्खला बहुप्रतिक्षित फिल्म ‘जारी-२’ को पनि हङकङमा ९ नोभेम्बर २०२५ (आइतबार) ग्राण्ड प्रिमीयर (भव्य प्रदर्शन) गरिने भएको छ । कवी, लेखक, कलाकार तथा निर्देशक उपेन्द्र सुब्बा चलचित्रका लेखक तथा निर्देशक हुन् ।
‘जारी-२’ मा दर्शकहरूले दयाहाङ राई, मिरूना मगर, विजय बराल, बुद्धी तामाङ, प्रेम सुब्बा, रेखा लिम्बु आदिको अभिनय हेर्न पाउनेछन् ।
विशेष आकर्षणको रूपमा, शो समयमा जारी फिल्मका लोकप्रिय पात्र कुरुङबाङ अर्थात् कलाकार विजय बराल हङकङमा आउने भएका छन् । र, यसअघि, नायिका मिरूना मगरसॅगै फिल्म हेरेका दर्शकले यसपटक विजय बरालसँगै बसेर फिल्म हेर्न सक्नेछन् ।
पाथिभरा इन्टरटेनमेन्टले यसपटक पनि ‘जारी’ को सफलतालाई दोहोर्याउने उच्च अपेक्षासहित चुनमुनको PARIS LONDON NEW YORK MILANO CINEMA मा एकै दिन चार शो प्रर्दशन गर्ने भएको नेपाली लाइफका संचालक पत्रकार डम्बर कृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।
उत्कृष्ठ नेपाली चलचित्रहरु हङकङ शो राईटस् किनेर प्रर्दशन गर्दै पाथिभरा ईन्टरटेनमेन्टले नै यसपटक पनि जारी २ प्रर्दशन गर्न लागेको हो । फिल्म प्रर्दशनसँगै खेलकुद, धार्मिक र सामाजिक क्षेत्रमा पनि आर्थिक, भौतिक र भावनात्मक सहयोग एवम् सेवा गर्दै आएको पाथिभरा ईन्टरटेनमेन्टले यसअघि जारी, अञ्जिला जस्तो सुपरहिट नेपाली चलचित्रहरु प्रर्दशन गरिसकेको छ ।
पाथिभरा इन्टरटेन्मेन्ट हङकङले हङकङवासी नेपाली समुदायलाई ९ नोभेम्बरको यस विशेष प्रर्दशनमा सहभागी हुन आग्रह गरेको छ।
पाथिभरा का सह संस्थापक जीव्न गुरुङका अनुसार, टिकट बुकिङ तथा थप जानकारीका लागि मोबाईल् नंम्बहरु ९८७५७४१५, ५१६०८५७७, ६६२४४७१८, ६०३५८९१६ मा सम्पर्कक गर्न सकिन्छ ।
चुमुन एमटीआर एक्जिटमा रहेको Paris London New York Milano Cinema (सिनेमा हल) Tuen Mun Exit-F Hong Kong मा आउँदो नोभेम्बर ९, आइतबार २०२५ मा सबैजना उपस्थित भई च्याब्रुङको आवाजमा गुञ्जिएको ‘जारी-२’ फिल्म हेर्न पाथिभरा इन्टरटेन्मेन्ट हङकङले अनुरोध गरेको छ।
