प्रदेश प्रमुखद्वारा चलचित्र ‘मुन्धुम’को प्रिमियर अवलोकन

0
Chief Guest

इटहरी | कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले निर्देशक प्रकाश सुब्बाको चलचित्र ‘मुन्धुम’को इटहरीमा आयोजित विशेष प्रिमियरमा सहभागी भई चलचित्रको अवलोकन गर्नुभएको छ।

प्रिमियर शोमा प्रदेश प्रमुख खापुङका साथै पूर्वमन्त्री रामकुमार सुब्बा, मुन्धुमविज्ञ तथा प्राज्ञिक व्यक्तित्व ध्रुव सुब्बा, चलचित्रका कलाकारहरू, अन्य स्थानीय कलाकार, चलचित्रकर्मी, सञ्चारकर्मी, बुद्धिजीवी तथा स्थानीय व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

चलचित्र अवलोकन पश्चात् मुन्धुमविज्ञ तथा प्राज्ञिक व्यक्तित्व ध्रुव सुब्बाले चलचित्रको प्रशंसा गर्दै भन्नुभयो, “यो एकदमै ऐतिहासिक चलचित्र बनेको छ। हाम्रा भतिज निर्देशक प्रकाश सुब्बाले यस्तो ऐतिहासिक र महत्वपूर्ण चलचित्र निर्माण गरेकोमा म निकै प्रभावित र खुसी छु।”

साथै प्रदेश प्रमुख खापुङले मौलिक संस्कृति, परम्परा र सामाजिक कथावस्तुमा बनेका यस्ता चलचित्रले स्थानीय पहिचान र कला प्रवर्द्धनमा ठूलो योगदान पुर्‍याउने बताउँदै निर्देशक प्रकाश सुब्बा र सम्पूर्ण निर्माण टोलीलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *