श्रम संस्कृति पार्टीद्वारा ईटहरीमा वडा समिति गठन एवम् परिमार्जन कार्यक्रमको तयारी

0

श्रम संस्कृति पार्टी, नेपाल, ईटहरीले यस संगठनात्मक कार्यक्रममा सम्बन्धित सबैलाई हार्दिकतापूर्वक ‘श्रममय संस्कृतिक अनुरोध एवम् निवेदन’ सहित उपस्थितिका लागि आह्वान गरेको छ।

Suchana-min

ईटहरी: श्रम अभियन्ता र धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङ राईको प्रमुख आतिथ्यमा श्रम संस्कृति पार्टी, नेपालले ईटहरी उपमहानगरपालिकामा आफ्नो संगठनात्मक आधार विस्तार गर्ने भएको छ। कार्यक्रम यहीँ बुधबार, कार्तिक २६ गते ईटहरी उपमहानगरपालिका वडा नं. २० को बास्केटबल ग्राउण्ड, सगरमाथा खेल मैदानमा हुने भएको छ ।

समितिका अध्यक्ष भूतपूर्व गोर्खा भारतीय सेनाका पूर्व क्याप्टेन धन कुमार राईका अनुसार, श्रम संस्कृति पार्टीले ईटहरी उपमहानगरपालिकाको वडा नं. १, २, ३, ७, र १९ मा नयाँ वडा समितिहरू गठन गर्ने तथा २० को वडा कार्य समितिलाई परिमार्जन गरिने कार्यक्रम छ ।

मेयर साम्पाङ श्रम संस्कृति पार्टीको अध्यक्ष पनि हुनुहुन्छ र उहाँले यसअघि नै विभिन्न क्षेत्रहरूमा पार्टीका संगठनात्मक संरचनाहरू स्थापना गरिसक्नुभएको छ। अभियन्ताको रूपमा साम्पाङ आफैँ सक्रिय रहनुभएकोले यस कार्यक्रमलाई पार्टीको स्थानीयस्तरको सुदृढीकरणका लागि विशेष चासोका साथ हेरिएको छ।

श्रम संस्कृति पार्टी, नेपाल, ईटहरीले यस संगठनात्मक कार्यक्रममा सम्बन्धित सबैलाई हार्दिकतापूर्वक ‘श्रममय संस्कृतिक अनुरोध एवम् निवेदन’ सहित उपस्थितिका लागि आह्वान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *