मूल संयोजक सरोज खड्काको आह्वान: जेसीज सप्ताह २०२६ भव्य सफल पारौं
गोर्खा खबर । तरहरा
“Developing Leaders for a Changing World” भन्ने मूल नाराका साथ जेसीआई तरहरा (JCI Tarahara) ले ‘जेसीज सप्ताह २०२६’ आयोजना गर्ने भएको छ। युवाहरूको नेतृत्व विकास, प्रतिभा प्रस्फुटन, स्वास्थ्य सचेतना र आपसी भाइचारा अभिवृद्धिका लागि कार्तिक १५ गतेदेखि २१ गतेसम्म साताव्यापी रूपमा विभिन्न विविध कार्यक्रमहरू सञ्चालन गर्न लागिएको हो।
साताव्यापी कार्यक्रम अन्तर्गत कार्तिक १५ गते तरहरा चोकमा स्लो बाइक रेस (संयोजक: जेसी प्रशान्त निरौला), कार्तिक १६ गते राष्ट्रिय जनसहयोग कलेजमा वक्तृत्वकला प्रतियोगिता (संयोजक: जेसी सुभाष निरौला), कार्तिक १७ गते सगरमाथा खेल मैदानमा दन्त शिविर (संयोजक: जेसी योगेश गिरी) र कार्तिक १८ गते सोही स्थानमा बाघचाल प्रतियोगिता (संयोजक: जेसी सुरज श्रेष्ठ) सञ्चालन हुनेछन्।
यसैगरी, कार्तिक १९ गते तरहरा फुटसलमा मैत्रीपूर्ण फुटसल (संयोजक: जेसी विजय तामाङ) तथा कार्तिक २१ गते सगरमाथा खेल मैदानमा लोकनृत्य प्रतियोगिता (संयोजक: जेसी विदुरमणि नेपाल) र साँझ ५:०० बजे हाउजी तम्बोला (संयोजक: जेसी रोशन भुजेल) आयोजना गरिने जेसीआई तरहराले जनाएको छ।
JCI तरहराका अध्यक्ष जेसी मिलन गुरुङले सम्पूर्ण युवा, स्थानीयवासी तथा शुभेच्छुकहरूलाई साताव्यापी कार्यक्रमहरूमा सक्रिय सहभागी भई भव्य रूपमा सफल पारिदिन हार्दिक अनुरोध गर्नुभएको छ।
त्यस्तै, कार्यक्रमका मूल संयोजक एवं कार्यकारिणी उपाध्यक्ष (EVP) जेसी लीलामणि खड्का (सरोज) ले जेसीज सप्ताहलाई भव्य र सभ्य रूपमा सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्ण आम जनसमुदाय, मिडियाकर्मी, प्रायोजक (Sponsors) तथा शुभेच्छुकहरूप्रति पूर्व-धन्यवाद व्यक्त गर्दै सबैलाई कार्यक्रममा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्नुभएको छ।
