पोखराका शिक्षासेवी गुरुङको निधन, शैक्षिक वृत्त शोकमा, ११ र १२ गते दीपस्थित दीपज्योति तमु समाजमा अर्घौं

0
Pokhara news img

पोखरा । गोर्खा खबर

कास्की जिल्लास्थित सूर्योदय माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल तथा प्रख्यात शिक्षासेवी रूपबहादुर गुरुङको ७९ वर्षको उमेरमा गत शुक्रबार असामयिक निधन भएको छ । अध्यापन क्षेत्रमा छ दशक लामो समय समर्पित गर्नुभएका गुरुङको निधनले पोखराको शैक्षिक वृत्त एवम् शुभचिन्तकहरूलाई शोकस्तब्ध बनाएको छ । जीवनको अन्तिम क्षणसम्म शिक्षण कर्ममै सक्रिय उहाँ आफ्नो लोकप्रिय र मनमोहक शिक्षण शैली र सामाजिक सेवाभावका लागि पोखरामा प्रख्यात रुपमा चिनिनुहुन्थ्यो।

वि.सं. २०२२ सालमा भद्रकाली स्कुलबाट शिक्षण यात्रा थाल्नुभएका उहाँले कन्या स्कुल, नवप्रभात स्कुल, शिशु निकेतन, न्यु मिलिनियम हुँदै आफ्नै सूर्योदय बोर्डिङ स्कुलमार्फत अनगिन्ती विद्यार्थीलाई शिक्षित बनाउनुभएको थियो । अध्यापनलाई पेशा मात्र नभई जीवनको साधना मान्ने उहाँ एक निष्ठावान्, लगनशील र इमानدار शिक्षक हुनुहुन्थ्यो । शिक्षणका साथै उहाँ प्रकृति र वातावरण संरक्षणमा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो र बर्ड कन्जर्भेसन नेपालका आजीवन सदस्यसमेत रहनुभएको थियो।

स्वर्गीय गुरुङका परिवारमा श्रीमती नरशोभा गुरुङ, छोराहरू शिक्षासेवी, राजनीतिज्ञ एवम् समाजसेवी राजेश गुरुङ र ग्राण्डी अस्पतालमा कार्यरत डा. अविनाश गुरुङ तथा छोरी अञ्जली गुरुङ हुनुहुन्छ । परिवारको तर्फबाट जेठा छोरा राजेश गुरुङले दुःखको घडीमा साथ र समवेदना प्रकट गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्नुहुदै दिवंगत आत्माको संस्मरणमा आगामी कार्तिक ११ र १२ गते पोखरा महानगरपालिका–१६ दीपस्थित दीपज्योति तमु समाजमा अर्घौंको कार्यक्रम राखिएको हुदाँ उपस्थीतिका लागि अनुरोध गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *