इटहरीमा म्युजिक भिडियो ‘जुनेली’ को विमोचन हुदै
इटहरी, १३ असोज — इटहरीस्थित “टेबल्स अन टेल्सुमा” आज साँझ ६ बजे एक विशेष समारोहका बिच नयाँ साङ्गीतिक सौगात म्युजिक भिडियो ‘जुनकेरी’ औपचारिक रूपमा सार्वजनिक गरिने भनिए पनि केही समय लागेको छ ।
जेरी लिम्बुको प्रस्तुति तथा जेरी प्रोडक्सन र भेनस फिल्म्सको संयुक्त ब्यानरमा निर्माण भएको यस भिडियोको विमोचन कार्यक्रममा स्थानीय सञ्चारकर्मी, कलाकार तथा शुभचिन्तकहरूको उत्साहजनक उपस्थिति रहेने जानकारी गराईएको छ ।
लमस घिसिङको निर्देशनमा तयार पारिएको यस म्युजिक भिडियोमा जेरी लिम्बु र सयानुमा राईको मुख्य अभिनय तथा अन(स्क्रिन जोडी देखिन्छ ।
प्रेम र आत्मीयताको कथावस्तुमा आधारित यस गीत तथा भिडियोले दर्शक तथा श्रोताको मन जित्ने र साङ्गीतिक क्षेत्रमा राम्रो छाप छाड्ने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।
