मौसमको प्रतिकूलता: इटहरीका विद्यालय आज (शुक्रबार) बन्द
कात्तिक १४, २०८२ (अक्टोबर ३१, २०२५)
लगातारको प्रतिकूल मौसमका कारण इटहरी उपमहानगरपालिकाभित्रका सबै सामुदायिक तथा निजी विद्यालय आज (शुक्रबार) एक दिनका लागि बन्द गरिएको छ ।
उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सूचना जारी गर्दै विद्यार्थीको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर यो निर्णय गरिएको जनाएको छ ।
शिक्षा शाखा प्रमुख रमेश कुमार साहका अनुसार, मौसममा आएको खराबीका कारण विद्यार्थीलाई जोखिम नहोस् भन्नका लागि आज एक दिनको बिदा दिइएको हो ।
