बुद्ध गुम्बा इटहरी तमु सेवा समितिबाट राहत सहयोग हस्तान्तरण
गत भदौ १० गते रसुवा, भोटेकोशी तथा त्रिशुली नदी तटीय क्षेत्रमा आएको भीषण बाढी र पहिरोबाट प्रभावित भएका पीडितहरूको उद्धार तथा राहतका लागि इटहरी–सुनसरीस्थित श्री बुद्ध गुम्बा इटहरी तमु सेवा समितिबाट रु. २६,२५०/- (अक्षरेपी: छब्बिस हजार दुई सय पचास रुपैयाँ) र डोल्मा तारा आमा समूहबाट रु. २४,३०५/- (अक्षरेपी: चौबिस हजार तीन सय पाँच रुपैयाँ) गरी जम्मा रु. ५०,५५५/- (अक्षरेपी: पचास हजार पाँच सय पचपन्न रुपैयाँ) रकम सङ्कलन भएको छ।
उक्त सङ्कलित राहत रकम तमु (गुरुङ) जातिहरूको साझा छाता संगठन तमु हयुल छोज धी गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय उपाध्यक्ष केशरमान गुरुङ र केन्द्रीय सदस्य दिव्य राज गुरुङमार्फत परिषद्को केन्द्रीय कार्यसमिति कोषमा बुझाइएको छ।
परिषद्का केन्द्रीय प्रतिनिधिहरूलाई हस्तान्तरण गरिएको यो रकम तमु हयुल छोज धी गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय कोषमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरी बाढी तथा पहिरो प्रभावित क्षेत्रका पीडितहरूको राहत, उद्धार र पुनर्स्थापनाका लागि प्रयोग गरिने जनाइएको छ।
