पाथीभरा इन्टरटेनमेन्ट हङकङको धरानको जुवानेटार फलामे पुलका लागि एक लाख रुपैयाँ सहयोग

0
HONG KONG Pathivara

हङकङ । गोर्खा खबर

हङकङमा रहेर नेपाली कला, संस्कृति र चलचित्र क्षेत्रको प्रवर्द्धनमा सक्रिय पाथीभरा इन्टरटेनमेन्ट (पाथीभरा ग्रुप)ले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सुनसरीको धरान ४ स्थित जुवानेटार फलामे पुल (सेऊती खोला)मा विद्युतीकरणका लागि एक लाख आर्थिक सहयोग गरेको छ ।

सो सहयोगबाट पुल क्षेत्रमा चारवटा पोलसहित आधुनिक एलईडी बत्ती जडान गरिएको छ । श्रमदाता चन्द्र कुमार राईको अनुसार, हाल सो क्षेत्र रात्रीकालिन अवस्थामा झलमल्ल बलेको देखिन्छ ।

पाथिभरा ग्रुपका अध्यक्ष युवक सान्योङ्पा लिम्बूले मातृभूमिप्रतिको उच्च सम्मान र राष्ट्र सेवाको निरन्तरताको रूपमा यो सेवा गरिएको बताउनुभयो । ‘मितज्यू, ‘जारी, अञ्जिला जस्ता सफल चलचित्रहरूको प्रदर्शनमार्फत संकलित रकमबाट ग्रुपले सामाजिक सेवा समेत गर्दै आएका छन् ।

संस्थापक जीवन गुरुङका अनुसार, ग्रुपले अनाथ बालबालिका, जेहेन्दार विद्यार्थी र महिला फुटबल खेलाडीहरूको सहयोग गर्दै आएकोमा पछिल्लो सहयोग पनि देशका लागि गरिएको हो । यस ग्रुपले सुनसरीको तरहरामा वाटर एटिएम सञ्चालन गरेको थियो भने तरहरा उत्सवमा मुख्य प्रायोजकको भूमिका निर्वाह गरी सामाजिक सेवामा बहुआयामिक योगदान पुर्‍याउँदै आएको छ ।

इटहरीका एक समयका चर्चामा रहेका गायक, संगीतकार एवम् निर्माता तथा ग्रुपका संस्थापक अरुण राईले पाथीभरा इन्टरटेनमेन्टलाई प्रवासी नेपालीहरूका लागि मात्र नभई स्वदेशमा पनि परोपकारको एक भरपर्दो संस्थाको रूपमा स्थापित गर्ने संकल्पसहित सामाजिक सहयोगमा सक्रियता बढाईएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *