तरहरामा ‘तरहरामा आर्म रेस्लिङ कम्पिटिसन’ भोलि हुँदै, मुख्य अतिथिमा युवा नेता सन्दीप श्रेष्ठ
तरहरा ॥ गोर्खा खबर
लागूऔषध विरुद्ध चेतना फैलाउने मुख्य उद्देश्यका साथ ‘तरहरा स्पोर्ट्स क्लब’ इटहरी-२०को आयोजनामा भोलि भाद्र २७ गते, शनिबार ‘तरहरा आर्म रेस्लिङ कम्पिटिसन’ आयोजना हुने भएको छ।
इटाहरी-२०, तरहरा साझा लाइनस्थित रिजन होटल बाँस घारी कटेजमा आयोजना हुने यस भव्य खेलकुद प्रतियोगिताको प्रमुख अतिथिका रूपमा धरान एकता समाजका संस्थापक संरक्षक तथा नेपाली काँग्रेसका प्रभावशाली युवा नेता सन्दीप श्रेष्ठ रहनेछन्।
‘Say No to Drugs, We Are Against Drugs’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको यस प्रतियोगिताले युवाहरूलाई कुलतबाट टाढा राखी खेलकुदतर्फ आकर्षित गर्ने विश्वास आयोजकको छ।
कुल ५०,००० रुपैयाँभन्दा बढी पुरस्कार राशि रहेको यस प्रतियोगितामा ६० केजी, ७० केजी, ८० केजी र ८० केजीभन्दा माथिका गरी चार वटा क्याटगोरीमा प्रतिस्पर्धा गराइनेछ।
प्रत्येक क्याटगोरीमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूले क्रमशः ७,५००, २,५०० र १,५०० रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने COC विजेताका लागि थप ४,००० रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगितामा सहभागी हुने सम्पूर्ण खेलाडीहरूलाई प्रमाणपत्रको व्यवस्था गरिनुका साथै लकी ड्रमार्फत १० जना भाग्यशाली विजेतालाई ‘Aqua Wave’ को नि:शुल्क स्विमिङ टिकट प्रदान गरिनेछ।
