पाथीभरा इन्टरटेन्मेन्टको ‘मितज्यू’ अभिभावकविहीन विद्यार्थीको सहयोगार्थ हङकङमा विशेष प्रदर्शनी
“चलचित्र प्रदर्शनबाट प्राप्त आम्दानी अभिभावक विहीन, गरिब तथा जेहेन्दार विद्यार्थीहरू” को शिक्षा र सहयोगका लागि खर्च गरिनेछ ।”, अध्यक्ष युवक सान्योक्पा लिम्बुले गोर्खा खबरसँग भन्नुभयो ।
मज्जाको राई । हङकङ
नेपाली चलचित्र प्रदर्शनमा हङकङकै अग्रणी नाम पाथीभरा इन्टरटेन्मेन्टले सर्वाधिक प्रतिक्षित चलचित्र ‘मितज्यू’ को प्रदर्शन मिति सार्वजनिक गरेको छ। ऐतिहासिक सफलता प्राप्त चलचित्र ‘अञ्जली’ र ब्लकबस्टर ‘जारी’ पछि “द गड अफ ईन्टरटेनमेन्ट” पाथीभरा इन्टरटेन्मेन्टले नेपाली सिने जगतका दुई हस्ती दयाहाङ राई र सौगात मल्ल अभिनित यस हाई-बजेट चलचित्रलाई हङकङमा प्रदर्शन गर्न लागेको हो। आगामी १९ जुन २०२६, शुक्रबारका दिन साँझ ६:३० बजे याउ मा तेई कम्युनिटी हल (Yau Ma Tei Community Hall) मा चलचित्रको विशेष प्रदर्शनी हुने निश्चित भएको छ।
यसपटकको प्रदर्शनी मनोरञ्जनका लागि मात्र नभई विशुद्ध परोपकारी उद्देश्यका साथ आयोजना गरिएको पाथीभरा इन्टरटेन्मेन्टका अध्यक्ष युवक सान्योक्पा लिम्बुले जानकारी दिनुभएको छ।
“चलचित्र प्रदर्शनबाट प्राप्त आम्दानी अभिभावक विहीन, गरिब तथा जेहेन्दार विद्यार्थीहरू” को शिक्षा र सहयोगका लागि खर्च गरिनेछ ।”, अध्यक्ष युवक सान्योक्पा लिम्बुले गोर्खा खबरसँग भन्नुभयो ।
संस्थाले विगतमा पनि सामाजिक सेवामा आफूलाई समर्पित गर्दै आएको छ, जसअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. २० मा गर्मीको समयमा वाटर एटिएममार्फत निःशुल्क शुद्ध पिउने पानी वितरण गर्दै आएको सकारात्मक नजिर समेत रहेको छ।
चलचित्र ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’ जस्ता सुपरहिट चलचित्रमा सँगै काम गरिसकेका दयाहाङ र सौगातको केमेस्ट्रीलाई यसपटक अनिल बुढा मगरको निर्देशनमा रहेको ‘मितज्यू’ मा हेर्न दर्शकहरू निकै उत्साहित देखिएका छन् ।
विगत लामो समयदेखि प्रवासमा नेपाली कला, संस्कृति र स्तरीय चलचित्र पस्कँदै आएको पाथीभरा इन्टरटेन्मेन्टले यसपटक पनि हङकङमा ऐतिहासिक रेकर्ड कायम गर्ने लक्ष्य राखेको छ।
प्रदर्शनीका लागि ९८७५७४१५, ५१६०८५७७, ६६२४४७१८, र ६०३५८०१६ मा सम्पर्क गरी आफ्नो स्थान सुरक्षित गर्न आयोजकले आग्रह गरेको छ।
