हङ्कङमा पाथीभरा इन्टरटेन्मेन्टले दया र सौगातको मित लगाईदिने, अर्को धमका हुने निश्चित !

0
Mitjeu

हङ्कङ । गोर्खा खबर

“द गड अफ ईन्टरटेनमेन्ट” पाथीभरा इन्टरटेन्मेन्टले सर्वाधिक लोकप्रिय नेपाली चलचित्र अन्जलीको ऐतिहासिक सफलतापछि फेरि अर्को धमाका गर्ने भएको छ । नेपालका सबैभन्दा महँगा तथा ब्लकबस्टर नेपाली चलचित्रहरूका हङकङमा सबैभन्दा ठूलो धनराशीमा शो अधिकार खरिद गरी प्रदर्शन गर्ने पाथिभरा इन्टरटेनमेन्टले नै यसअघि ‘जारी’ र त्यसको पहिलो भाग पनि सफलतापूर्वक प्रदर्शन गरिसकेको छ ।

सुपरस्टार नायक दयाहाङ राई र सौगात मल्ल अभिनित बहुप्रतिक्षित हाई बजेटको चलचित्र मितज्यू पनि पाथीभरा इन्टरटेन्मेन्टले नै खरिद गरि प्रदर्शन गर्ने निश्चित गरेको, काठमाण्डौंबाट नायक सौगात मल्लले जानकारी गराएका छन् ।

नेपाली सिने जगतका दुई हस्ती दयाहाङ राई र सौगात मल्लले यसअघि कबडी, कबडी कबडी लगायतका चलचित्रबाट दर्शकलाई पूर्ण मनोरञ्जन दिईसकेका छन् र यसबाट पनि सोभन्दा अझ बढी अपेक्षा गरिएको छ । पाथीभरा इन्टरटेन्मेन्टले यसअघि अन्जली प्रर्दशन गरेर ऐतिहासिक रेकर्ड कायम गरेको थियो ।

विगत लामो समयदेखि हङ्कङमा रहेका नेपालीहरूलाई स्तरीय नेपाली चलचित्र र सांस्कृतिक कार्यक्रमहरू पस्कँदै आएको पाथीभरा इन्टरटेन्मेन्ट यहाँको एक सफल र स्थापित फिल्म तथा इभेन्ट म्यानेजमेन्ट कम्पनी हो । यसले नेपाली कला र संस्कृतिलाई प्रवासमा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

“मितज्यूको प्रदर्शन मिति र हलहरूको बारेमा थप जानकारी छिट्टै सार्वजनिक गरिने” पाथीभरा इन्टरटेन्मेन्टका अध्यक्ष युवक सान्योक्पा लिम्बुले जानकारी गराउनुभएको छ ।

चलचित्र प्रर्दशनबाट आर्जन गरेको नाफा आयोजकले विभिन्न सामाजिक संस्था, खेलाडी र नेपालमा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई सहयोग गर्नुका साथै विभिन्न परोपकारी कार्यहरू गर्दै आएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. २० मा पाथिभरा इन्टरटेनमेन्टले अत्याधिक गर्मीको महिनामा वाटर एटिएम, निःशुल्क पिउने प्रशोधित पानी वितरण गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *