ईटहरी र गछियाबिच आज महाभिडन्त, आयोजकले उर्तादैछ, अरन ‘छोटे, ईटहरीसँग अन्तराष्ट्रिय खेलाडी

0
Gachiya Gold Cup-min

गछिया गोल्डकप: आज दोस्रो सेमिफाइनलमा गछिया र इटहरी भिड्दै, खेल रोमाञ्चक हुने अपेक्षा

२०८२ साल मङ्सिर २१ गते, शनिबार

गछिया, सुन्दरहरैंचा । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण एनि प्रथम गछिया गोल्डकप–२०८२ अन्तर्गत आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । यो महत्वपूर्ण खेल गछिया युवा समाज र राष्ट्रिय जागृती फुटबल क्लब इटहरीबीच सुन्दरहरैचाको गछिया खेलमैदानमा हुनेछ ।

दुवै टोलीले आफ्नो समूहबाट उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । गछिया युवा समाजले लिनेण्ड फुटबल क्लब भारतलाई ७–० को विशाल अन्तरले पराजित गरेको थियो भने राष्ट्रिय जागृती फुटबल क्लबले दमक फुटबल क्लबलाई २–० को अन्तरले हराएको थियो ।

आज दिउँसो २ बजे हुने यस खेलमा दुवै टोलीले विजयी यात्रा सुरु गर्ने लक्ष्य लिएका छन् । दुवै टोली बलियो र प्रतिस्पर्धी मानिएकाले खेल अत्यन्तै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । विजेता टोली फाइनलमा प्रवेश गर्नेछ ।

खेलको विशेष आकर्षण: अरन थापा मगर ‘छोटे’
आजको दोस्रो सेमिफाइनल खेलको एक विशेष आकर्षण आयोजक टिम गछिया युवा समाजका खेलाडी अरन थापा मगर हुन्, जसलाई फुटबलप्रेमीहरू ‘छोटे’ (Chhote) उपनामले चिन्छन् ।
अरन थापा मगर युवा अवस्थामै उत्कृष्ट प्रदर्शनका कारण चर्चामा छन् । उनी आफ्नो मध्यपंक्ति (Midfield) को भूमिका, उत्कृष्ट ड्रिब्लिङ क्षमता (Dribbling Skill), र खेलको गतिलाई नियन्त्रण गर्न सक्ने खुबीका लागि परिचित छन् ।
यस गोल्डकपमा उनको प्रदर्शन आयोजक टिमको सफलताका लागि महत्वपूर्ण मानिएको छ । उनी टिमलाई बलियो बनाउनुका साथै दर्शकहरूलाई मनोरञ्जन दिने एक प्रमुख खेलाडीको रूपमा मैदानमा उत्रनेछन् । आजको रोमाञ्चक भिडन्तमा ‘छोटे’ को प्रदर्शन हेर्न दर्शकहरू आतुर छन् ।

गोल्डकप संयोजक प्रल्हाद थोप्रा लिम्बूका अनुसार, खेलका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ र आजको खेलमा दर्शकको उत्साहजनक उपस्थितिको अपेक्षा गरिएको छ ।

“यो खेल हाम्रो गोल्डकपको महत्वपूर्ण चरण हो । दुवै टिमले निकै राम्रो खेलेर आएका छन् ।”, उनले भने, “हामी खेललाई व्यावसायिक, मैत्रीपूर्ण र भाइचाराको भावनासहित अगाडि बढाउनेछौं, यद्यपि प्रतिस्पर्धा उत्तिकै बलियो हुनेछ ।

गछिया युवा समाजका प्रशिक्षक शम्भु गुरुङले आजको खेल जित्नका लागि सम्पूर्ण रणनीति र प्राविधिक पक्षहरू तयार पारिएको बताए । उनले भने, “हामीले आजको खेलमा सुन्दर गोल संख्यासहित जित्ने लक्ष्य राखेका छौं र त्यसका लागि सबै ‘फर्मुला’ लागू गरेका छौं ।”

यता, राष्ट्रिय जागृती फुटबल क्लब इटहरीका अनुरोध थापाले पनि आफ्नो टोली व्यावसायिक रूपमा खेल्न तयार रहेको बताए । उनले भने, “हामी खेललाई व्यावसायिक रूपमा लड्नेछौं, तर मैत्रीपूर्ण र भाइचाराको भावना कायम राख्नेछौं । दुवै टिमलाई कडा प्रतिस्पर्धा हुनेछ र हामीले कुनै पनि प्रतिद्वन्द्वीलाई कमजोर ठानेका छैनौं । हामी शतप्रतिशत दिनेछौं ।”

गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले प्रतियोगिताको फाइनल खेल आउँदो २२ गते हुने जानकारी दिए ।

यसअघि हिजो भएको पहिलो सेमिफाइनल खेलमा उदयपुर गाईघाट युनाइटेड फुटबल क्लब विजयी हुँदै फाइनलमा प्रवेश गरिसकेको छ ।

https://www.facebook.com/share/v/17dXV1A3jo

Leave a Reply

Your email address will not be published. Required fields are marked *