अमेरिकाको ओहायोस्थित नेपाली फुटबल समुदायबाट राष्ट्रिय खेलाडी आशिष राईलाई आर्थिक सहयोग

0
Football Player Aashish

इटहरी । फुटबल खेलाडी डेनिम राई (ड्यानी) ले अमेरिकाको ओहायो राज्यस्थित कोलम्बस नेपालीज सकर टिम (बोका सिनियर सकर क्लब) प्रति हार्दिक आभार व्यक्त गरेका छन्।

राष्ट्रिय फुटबलर आशिष राईको उपचार तथा सहयोगका लागि क्लबले सामूहिक रूपमा रु. १,१२,८५० संकलन गरी उहाँकै बैंक खातामा हस्तान्तरण गरेको हो। उक्त सहयोग अभियानको सुरुवात सविन बस्नेतले गरेका थिए भने त्यसमा क्लबका सदस्यहरू र नेपाली समुदायले उल्लेखनीय साथ दिएका थिए।

डेनिम राई (ड्यानी)ले विदेशमा रहेर पनि नेपाली खेलाडीप्रति देखाइएको आत्मीयता, एकता र सहयोगी भावनाप्रति सबै सहयोगदाता, विशेषगरी कोलम्बस नेपालीज सकर टिम (बोका सिनियर सकर क्लब) र अभियानका संयोजक सविन बस्नेतप्रति विशेष धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका छन्।

इटहरी उपमहानगरपालिका र मेयर पौडेलद्वारा १ लाख सहयोग

इटहरी । करिब १८ महिनाअघि चीनको युनान टोलीसँगको मैत्रीपूर्ण खेलका क्रममा मैदानमै गम्भीर घाइते भई हाल थाइल्यान्डको बैंकक अस्पतालमा उपचाररत यू–२३ राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आशिष राई (अरबिन) को उपचारका लागि इटहरी उपमहानगरपालिका नगर प्रमुख (मेयर) हेमकर्ण पौडेलले आर्थिक सहयोग प्रदान गरेको छ।

लामो समयदेखि खुट्टाको गम्भीर चोटका कारण मैदान बाहिर रहेका र उपचारमा आर्थिक अभाव झेलिरहेका खेलाडी राईलाई पौडेलले व्यक्तिगत रुपमा आर्थिक सहयोगस्वरूप रुपैयाँ १ लाख (एक लाख) प्रदान गर्नुभएको हो ।

मेयर पौडेलले घाइते खेलाडी राईको थप उपचार र अस्पतालको व्यवस्थापनका लागि अन्य आवश्यक पहल तथा समन्वय गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ।

राष्ट्रको गौरव बढाउने युवा खेलाडी चरम संकटमा परेका बेला स्थानीय सरकार र जनप्रतिनिधिबाट प्राप्त यो आर्थिक तथा नैतिक समर्थनले राईको परिवार र खेल प्रेमीहरूमा ठूलो भरोसा जगाएको छ।

देशका लागि खेल्ने खेलाडीको पीडामा मलम लगाउँदै उदाहरणीय मानवीय कार्य र खेल क्षेत्रप्रतिको उत्तरदायित्व निभाउनुभएकोमा आशिष राईको परिवारले इटहरी उपमहानगरपालिका र मेयर हेमकर्ण पौडेलप्रति हृदयदेखि नै उच्च सम्मान र धन्यवाद व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *