सोनिया स्टाइल्सद्वारा सीमाभन्दा पर हङकङमा “माउन्टेन टु द मेट”, हिमालयी कला र संस्कृति विश्व बजारमा पुर्‍याउदै

0
HK news

हङकङ । गोर्खा खबर

नेपालकी प्रतिष्ठित ‘फेसन गुरु’ तथा चर्चित स्टाइलिस्ट सोनिया गुरुङले परम्परागत फेसनको सीमाभन्दा माथि उठेर हिमालयी कला र संस्कृतिलाई विश्व बजारमा पुर्‍याउने उद्देश्यका साथ “Mountain to the Met” (“माउन्टेन टु द मेट”) नामक विश्वव्यापी अभियानको सुरुवात गरेकी छिन् । यो विश्व परियोजनामा उनले गुरुङ र लिम्बु जातिका मौलिक पहिरन तथा गहनाहरूलाई विशेष प्राथमिकता दिएकी छिन् ।

“यो अवधारणाले नेपालको सांस्कृतिक पहिचान, विशेष गरी लिम्बु र गुरुङ समुदायका बुनिएका कपडा र मौलिक गहनाहरूलाई प्राथमिकता राखेको भए पनि ।”, गुरुङले थपिन्, “यसको एउटा गहिरो लक्ष्य भनेको आफुभित्र र विश्वमा शान्ति खोज्दै फेसनलाई मानवताको संवाहक बनाउनु हो ।”

यस अभियान अन्तर्गत अप्रिल २५ मा स्टार फेरि टीएसटी (Star Ferry TST) मा ‘रनवे मबफ्ल्यास’ र मे १० मा भव्य ‘फेसन शो’ आयोजना हुनेछ ।

नेपाल पर्यटन बोर्ड र नेपाल एयरलाइन्सको सहयोगमा सञ्चालित यस कार्यक्रमले नेपाली हस्तकला र सांस्कृतिक पहिचानलाई विश्वका प्रमुख फेसन केन्द्रहरूमा स्थापित गर्नुका साथै प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ।

w

Leave a Reply

Your email address will not be published. Required fields are marked *