दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न, ‘हांङनान्द’ले जित्यो अन्तर्राष्ट्रिय अवार्ड

0

फिल्मका अभिनेता, निर्माता र प्रस्तोता हेमन्तकृष्ण पाङ्धाक लिम्बूले यो सफलताको श्रेय समस्त दर्शकहरूलाई दिनुभएको छ । उहाँले भोटिङ गर्ने दर्शकहरुलाई समेत धन्यवाद दिनुभएको छ ।

kathmandu opsana-award-min

काठमाण्डौं । नेपाल चलचित्र विकास बोर्डको सभाहलमा ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड समारोह भव्यताका साथ सम्पन्न भएको छ । वरिष्ठ चलचित्रकर्मी हरिहर शर्माको प्रमुख आतिथ्यता तथा आयोजक संस्थाका प्रबन्धक निर्देशक ओम प्रकाश राईको सभा अध्यक्षतामा आयोजित उक्त कार्यक्रम कला र संगीत क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा सम्पन्न भयो ।

समारोहमा वरिष्ठ गायक शिव परियारलाई राष्ट्रिय सङ्गीत रत्न सम्मानले सम्मानित गरियो ।

यसैगरी, सूर्य बहादुर मगर, भिष्मराज फुलारा, राजेन्द्र बजगाई, शिरोमणि दवाडी, र देवेन्द्र पाण्डे लगायतका व्यक्तित्वहरू पनि विभिन्न राष्ट्रिय सम्मानबाट सम्मानित भए ।

विभिन्न विधामा अवार्ड जित्ने कलाकारहरूमा लोक आधुनिक गीततर्फ अम्बिका गुरुङप्रतिमा शिवाकोटी (पब्लिक च्वाइस), लोक आधुनिक गायकमा शम्भु फोम्बो लिम्बु, आधुनिक गायकमा हरि दत्त फुलारा, नीमा शेर्पा (पब्लिक च्वाइस), मोडल पुर्वेली र लोकमा बिजेन्द्र नौबागे, र चलचित्रतर्फ देबेन्द्र बराल लगायतले अवार्ड प्राप्त गरे ।

उत्कृष्ट सम्मान पाउनेहरूमा भुवन के पोखरेल, कुसु गुरुङ, निशा थापा मगर, राजकुमार राई, रिदम कँडेल लगायतका कलाकारहरू रहेका थिए ।

लिम्बू समुदायको कथावस्तुमा आधारित ‘हांङनान्द’को अन्तर्राष्ट्रिय सफलता

दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्डमा संस्कृतिका लागि सर्वश्रेष्ठ चलचित्रको अवार्ड जित्न सफल ‘हांङनान्द’ चलचित्रले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सफलता हासिल गरेको छ ।

लिम्बू समुदायको कथावस्तुमा आधारित यस चलचित्रले नेपालमा प्रतिष्ठित NIFF (Nepal International Film Festival), याक्थुङ आर्टिस चलचित्र एवार्ड, कोशी फिल्म फेस्टिभल, NIFF (Nepal Indigenous Film Festival),अप्सना फिल्म फेस्टिबलमा नोमिनेशनमा पर्न सफल भएको थियो ।

यति मात्र नभई, यो फिल्मले NIFF (Nepal Indigenous Film Festival) UK मा ‘Best Script Writing’ विधामा Winner Award जित्न सफल भएको छ ।

फिल्मका अभिनेता, निर्माता र प्रस्तोता हेमन्तकृष्ण पाङ्धाक लिम्बूले यो सफलताको श्रेय समस्त दर्शकहरूलाई दिनुभएको छ । उहाँले भोटिङ गर्ने दर्शकहरुलाई समेत धन्यवाद दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *