लन्डन । लिम्बू समुदायको कथावस्तुमा आधारित चलचित्र ‘हांङनान्द’ ले विभिन्न प्रतिष्ठित फिल्म फेस्टिभलहरूमा नोमिनेशन प्राप्त गर्नुका साथै अन्तर्राष्ट्रिय अवार्ड जितेर सफलताको शिखर चुमेको छ।
नेपालमा प्रतिष्ठित NIFF (Nepal International Film Festival), याक्थुङ आर्टिस चलचित्र एवार्ड, कोशी फिल्म फेस्टिभल, NIFF (Nepal Indigenous Film Festival), र अप्सना फिल्म फेस्टिबलमा नोमिनेशनमा पर्न सफल यो फिल्मले NIFF (Nepal Indigenous Film Festival) UK मा ‘Best Script Writing’ विधामा Winner Award पाउन सफल भएको छ।

फिल्मका अभिनेता, निर्माता र प्रस्तोता हेमन्तकृष्ण पाङ्धाक लिम्बू का अनुसार, अन्तर्राष्ट्रिय स्तरमा यस्तो ठूलो सफलता हासिल गरेको यस फिल्म अब बेलायत (UK) मा रहेका नेपाली दर्शकहरूमाझ पुग्ने तयारीमा छ। फिल्मको पहिलो विशेष प्रदर्शन यहि आउने डिसेम्बर २१ मा South Reading Community Hub मा हुने भएको छ।
यसका साथै, बेलायतको Alf Lowne Scout Centre Grease UK मा समेत फिल्मको दुई वटा (2 Show) विशेष प्रदर्शन गरिने भएको छ।
फिल्मका अभिनेता, निर्माता र प्रस्तोता लिम्बूले समस्त दर्शकहरूलाई “भगवान रुपि दर्शकहरूले फिल्म हेरि भरपुर मनोरञ्जन लि दिन हुन बिनम्र अनुरोध” गर्नुभएको छ।
