दोस्रो देवराज न्यौपाने मेमोरियल फुटसल प्रतियोगिता नयाँ मिति

0

साबिक हाँसपोसा गाविस, हालः इटहरी उपमहानगरपालिका वडा नं. २०, तरहरा धनपुरीका स्थायी बासिन्दा, पेशाले शिक्षक, स्वर्गीय देवराज न्यौपाने को स्मृतिमा आयोजना

futsal

धनपुरी (तरहरा) – अपरिहार्य कारणवश स्थगित भएको दोस्रो देवराज न्यौपाने मेमोरियल अन्डर क्लास-१० फुटसल प्रतियोगिता को नयाँ मिति तय गरिएको छ।

प्रतियोगिता आयोजक मर्निङ फुटसल क्लब, तरहराले स्थगित प्रतियोगिताको नयाँ मिति र स्थान घोषणा गरेको हो।

यसअघि तोकिएको मितिमा स्थगित भएकोमा क्षमा माग्दै प्रतियोगिता अब मंसिर १९ र २० गते सञ्चालन गरिने, आयोजक क्लबका अध्यक्ष चन्द्र काजी गुरुङले जानकारी दिएका छन् । तरहरा फुटसल, धनपुरीमा यो प्रतियोगिता हुनेछ ।

“अपरिहार्य कारणवश प्रतियोगिता स्थगित हुन जाँदा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ र संशोधित मितिमा यहाँहरूको सक्रिय सहभागिताको अपेक्षा गर्दछौँ ।,” मर्निङ फुटसल क्लबले जारी गरेको सूचनामा भनिएको छ।

अध्यक्ष गुरुङले प्रतियोगितामा सहभागी हुने सम्पूर्ण टिम तथा सम्बन्धित व्यक्तिहरूलाई जानकारी गराउँदै नियम, पुरस्कार राशी र प्रवेश शुल्क लगायतका अन्य सम्पूर्ण विवरणहरू यथावत रहने स्पष्ट पारे ।

यो प्रतियोगिता साबिक हाँसपोसा गाविस, हालः इटहरी उपमहानगरपालिका वडा नं. २०, तरहरा धनपुरीका स्थायी बासिन्दा, पेशाले शिक्षक, स्वर्गीय देवराज न्यौपाने को स्मृतिमा आयोजना गरिँदै आएको हो।

स्वर्गीय न्यौपाने तरहराको शैक्षिक क्षेत्रमा लोकप्रिय थिए । उनले अंग्रेजी शिक्षा विषय अध्ययन गराउथे र विद्यार्थी तथा स्थानीयहरूमाँझ उनको सकारात्मक प्रभाव रहेको थियो।

उनले तरहरामा व्यावसायिक अंग्रेजी भाषा (इंग्लिस ल्याङवेज) र कम्प्युटर तालिम कक्षा समेत सञ्चालन गरेर स्थानीय शिक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए । उनकै योगदानको कदर गर्दै उहाँको नाममा यो प्रतियोगिता आयोजना गरिँदै छ।

उनले जानकारीका लागि सम्पर्क मोबाईल नंम्वरहरु ९८२५००७०८० र, ९८०८१००७७० मा सम्पर्क राख्न क्लबले अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *