भुसाल रास्वपाको केन्द्रीय पर्यटन तथा संस्कृति विभाग सदस्य मनोनित, देशले नै लाभ लिने अपेक्षा (अडियो पनि)
व्यवसाय र पर्यटन क्षेत्रको गहिरो अध्ययन, अनुभव र अन्तर्राष्ट्रिय नेटवर्क समेत भएका भुसाललाई उपयुक्त पद र जिम्मेवारी दिएकोमा राजनीतिमा भन्दा पनि लामो समयदेखि मुलुकको पर्यटन र सांस्कृतिक विकासमा प्रत्यक्ष योगदान पुर्याउँदै आउनुभएकाले पार्टीलाई मात्र नभई देशलाई नै लाभ हुने, बुद्धिजीवी तथा सरोकारवालाहरूको कथन छ ।
गोर्खा खबर । ईटहरी, तरहरा
भेडेटारमा अवस्थित प्रसिद्ध भेडेटार स्काईवाकका निर्देशक, प्रिमियर हाइडवे होटल तथा चौतारी भेज रेस्टुरेन्टका सञ्चालक एवं प्रिमियर ग्लोबल स्कुलका संस्थापक सञ्चालक सुनिल कुमार भुसाल उर्फ सुनिल भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको केन्द्रीय पर्यटन तथा संस्कृति विभागको सदस्य पदमा मनोनयन गरेको छ ।
यो मनोनयनसँगै भुसालले पार्टीको विधान, नीति, सिद्धान्त तथा विभागको नियमावली एवं कार्यविधिअनुसार आफ्नो जिम्मेवारी पूर्ण कुशलताका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीद्वारा हस्ताक्षरित पत्रमार्फत भुसाललाई यो महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको हो।
भुसाल पर्यटन, शिक्षा र सांस्कृतिक उद्योगका एक स्थापित, बौद्धिक, योग्य र निष्कलंक आइकॉनिक व्यक्तित्व हुनुहुन्छ।
व्यवसाय र पर्यटन क्षेत्रको गहिरो अध्ययन, अनुभव र अन्तर्राष्ट्रिय नेटवर्क समेत भएका भुसाललाई उपयुक्त पद र जिम्मेवारी दिएकोमा राजनीतिमा भन्दा पनि लामो समयदेखि मुलुकको पर्यटन र सांस्कृतिक विकासमा प्रत्यक्ष योगदान पुर्याउँदै आउनुभएकाले पार्टीलाई मात्र नभई देशलाई नै लाभ हुने, बुद्धिजीवी तथा सरोकारवालाहरूको कथन छ ।
उनीहरुले उच्च दक्षता, विश्वव्यापी अनुभव र योजनाबद्ध कार्यशैलीका कारण भुषालको यो मनोनयनले रास्वपालाई मात्र नभएर समग्र राष्ट्रको पर्यटन र सांस्कृतिक क्षेत्रको उत्थानमा ठूलो टेवा पुग्ने र देशले नै यसको प्रत्यक्ष लाभ लिने अपेक्षा गर्न सकिन्छ, बुद्धिजीवी तथा सरोकारवालाहरूले भन्छन् ।
नयाँ जिम्मेवारी पाएपछि गोर्खा खबरसँग संक्षिप्त कुराकानी गर्दै भुसालले आफूमाथि विश्वास गरेर यो गहन जिम्मेवारी सुम्पिएकोमा पार्टी नेतृत्व र रास्वपा परिवारप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ ।
उहाँले देशको पर्यटन र संस्कृतिलाई नयाँ उचाइमा पुर्याउन आफ्नो तर्फबाट अहोरात्र खटिने दृढता समेत व्यक्त गर्नुभएको छ।