गजुरमुखी ज्वेलर्सद्वारा १०औँ वार्षिकोत्सवको अवसरमा ‘मालामाल अफर’

0
Rakesh Sir Gajurmukhi.jpg2

इटहरी । गोर्खा खबर

सुनसरीको इटहरी–६, धरान लाइनमा रहेको श्री गजुरमुखी ज्वेलर्सले आफ्नो १०औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरूलाई लक्षित गर्दै ‘मालामाल अफर’ सार्वजनिक गरेको छ। स्थापनाकालदेखि नै ग्राहकको विश्वास, माया र सन्तुष्टिलाई सर्वोच्च प्राथमिकतामा राख्दै निरन्तर सेवा प्रदान गर्दै आएको गजुरमुखी ज्वेलर्सले वार्षिकोत्सवको अवसरमा यो विशेष योजना ल्याएको हो।

यस अफरअन्तर्गत भदौ महिनाभरि सुनका गहना खरिद गर्ने ग्राहकले ज्यालामा १०० प्रतिशत छुट प्राप्त गर्नेछन्। साथै, २५ हजारभन्दा माथिको खरिदमा ग्राहकले लक्की ड्रमार्फत ५० ग्राम चाँदीको सिक्का जित्ने अवसर पाउनेछन् ।

दोस्रो तरहरा उत्सव २०८२ मा ‘युथ आइकन’बाट विभूषित ज्वेलर्सका सञ्चालक तथा इटहरी–१९ स्थित फुजीसान सगरमाथा बोर्डिङ स्कूलका प्रबन्ध निर्देशक एवम् प्रिन्सिपल तथा युवा समाजसेवी राकेश श्रेष्ठका अनुसार लामो समयदेखि ग्राहकको विश्वास र साथ पाउँदै आएको हुनाले वार्षिकोत्सवलाई ग्राहकसँगको सम्बन्ध अझ मजबुत बनाउने अवसरका रूपमा लिँदै यो सुविधा ल्याइएको हो।

सुन तथा चाँदीका विभिन्न डिजाइनका गहना बिक्री गर्दै आएको गजुरमुखी ज्वेलर्सलाई यस क्षेत्रमा विश्वासनय एवम् अग्रणी मानिन्छ । इटहरीको आईतबारे र्छिने, धरान लाइन, इटहरी–६ स्थित पहिलो आफ्नै निजी निवासको बिल्डिङमा रहेको शोरुमबाट दशक लामो सेवा दिईरहेको गजुरमुखी ज्वेलर्सले सामाजिक क्षेत्रमा समेत उल्लेख्यनीय योगदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *