सोन्या गुरुङको ‘माउन्टेन टु द मेट’ अभियान: नेपाली मौलिक कला र फेसनको अन्तर्राष्ट्रिय मञ्चमा भव्य प्रस्तुति

0
Sonya Gurung HK news

यो अवधारणाले नेपालको सांस्कृतिक पहिचान, विशेष गरी लिम्बु र गुरुङ समुदायका बुनिएका कपडा र मौलिक गहनाहरूलाई प्राथमिकतामा राखेको भए पनि यसको एउटा गहिरो लक्ष्य छ ।, आफ्नो अवधारणाबारे प्रष्ट पार्दै गुरुङले भनिन्, त्यो भनेको आफूभित्र र विश्वमा शान्ति खोज्दै फेसनलाई मानवताको संवाहक बनाउनु हो ।

हङकङ । नेपालकी प्रतिष्ठित ‘फेसन गुरु तथा चर्चित फेसन आर्ट निर्देशक एवं स्टाइलिस्ट सोन्या गुरुङले परम्परागत फेसनको सीमाभन्दा माथि उठेर हिमालयी कला र संस्कृतिलाई विश्व बजारमा पुर्‍याउने उद्देश्यका साथ माउन्टेन टु द मेट नामक विश्वव्यापी अभियानको सफलतापूर्वक सुरुवात गरेकी छिन् । सोन्या स्टाइल क्रिएटिभ फेसन टिम नेपालकी प्रमुख गुरुङले हाइभ स्टुडियो हङकङसँगको सहकार्यमा यो ऐतिहासिक परियोजना सम्पन्न गरेकी हुन् ।

सोन्याकी अनुसार, यस विश्व परियोजनामा उनले विशेष गरी नेपालको सांस्कृतिक पहिचान झल्काउने गुरुङ र लिम्बु जातिका मौलिक पहिरन, बुनिएका कपडा तथा परम्परागत गहनाहरूलाई विशेष प्राथमिकता दिएकी छिन् । अन्तर्राष्ट्रिय मोडलहरूको सहभागिता रहेको यस अभियानमार्फत नेपाली कपडा र गहनाहरूलाई सृजनात्मक फेसन कला र दृश्य कथावाचन मार्फत विश्वमञ्चमा प्रस्तुत गरिएको, उनले जानकारी गराईन् ।

यो अवधारणाले नेपालको सांस्कृतिक पहिचान, विशेष गरी लिम्बु र गुरुङ समुदायका बुनिएका कपडा र मौलिक गहनाहरूलाई प्राथमिकतामा राखेको भए पनि यसको एउटा गहिरो लक्ष्य छ ।, आफ्नो अवधारणाबारे प्रष्ट पार्दै गुरुङले भनिन्, त्यो भनेको आफूभित्र र विश्वमा शान्ति खोज्दै फेसनलाई मानवताको संवाहक बनाउनु हो ।

अभियानअन्तर्गत हङकङमा उनले नेपाली समुदायका प्रमुख व्यक्तित्व, समाजका अगुवा तथा केही आमन्त्रित अतिथिहरूलाई आमन्त्रण गरि विशेष कार्यक्रम मिट एण्ड ग्रिट मार्फत फेसन आर्ट प्रस्तुतिको विशेष झलक प्रदर्शन गरेकी थिईन् ।

प्रवर्द्धन साझेदारका रुपमा नेपाल पर्यटन बोर्ड पर्यटन र एयरलाइन साझेदारको रुपमा नेपाल एयरलाइन्सको विशेष सहयोग र साझेदारीमा सञ्चालित कार्यक्रमले नेपाली हस्तकला र सांस्कृतिक पहिचानलाई विश्वका प्रमुख फेसन केन्द्रहरूमा स्थापित गर्न ठूलो सहयोग पुग्ने विश्वास, सोन्याले लिएकी छिन् । विगत दशकौँदेखि परम्परागत रनवेभन्दा फरक शैली, सिर्जनशील कोरियोग्राफी र कला–संस्कृतिको संयोजनमार्फत ओझेलमा परेका प्रतिभाहरूलाई अवसर दिँदै आएकी सोन्या गुरुङको यो अभियानले नेपाली फेसन र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिने निश्चित देखिन्छ । सोन्या यसपछि जापानको तयारीमा रहेकी, बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *