इटहरीमा ‘The Fool’s Way Inn’ नामक नयाँ गेस्ट हाउस सञ्चालनमा, उद्घाटन राष्ट्रिय फुटबल खेलाडी रेखा पौडेलबाट

इटहरी, साउन १ । इटहरीको साङ्गीत चोकमा नयाँ आधुनिक गेस्ट हाउस ‘The Fool’s Way Inn’ आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। Monk & Punk का संस्थापक तथा चर्चित युवा उद्यमी खगेन्द्र मगर ‘मगर नेगाहक’ र उनका बाल्यकालीन साथी तेज चौधरी ‘तेजु तेज’ले संयुक्त रूपमा उक्त गेस्ट हाउस सुरु गरेका हुन् ।
गृहभवन मगर कम्प्लेक्स भित्र सुरु गरिएको यो गेस्ट हाउसको उद्घाटन चर्चित राष्ट्रिय महिला फुटबल खेलाडी रेखा पौडेल, खगेन्द्र मगरकी आमा गौरीमाया मगर, र इटहरीकै प्रतिष्ठित रेष्टुराँ Foodshala का सञ्चालक तथा युवा राजनीतिक अगुवा सुर्य राईले संयुक्त रूपमा गरे।
उद्घाटन समारोहमा पौडेल, राई र मगरले नयाँ व्यवसायको सफलताको शुभकामना दिएका थिए ।

‘गोरखा खबर’सँग कुरा गर्दै सञ्चालकद्वय मगर र चौधरीले Fool’s Way Inn मा हाल ९ फरक कोठा रहेको जानकारी दिएका छन्, जसमा डिलक्स, सुइट्स र सिटी भ्यु कोठाहरू समावेश छन् । कोठाहरू आधुनिक सुविधा र उचित मूल्यमा उपलब्ध हुने जनाइएको छ।
सञ्चालक चौधरीले आगामी दिनमा भवनको माथिल्लो तलामा रुफटप गार्डेन रेष्टुराँ सञ्चालन गर्ने योजना पनि साझा गरेका छन् । चौधरी इटहरीका आधारशिला रचनाकार वंशका उत्तराधिकारी हुन् जसका पुर्खाहरूले इटहरीको समृद्धि र विकासका लागि आफ्नो जमिन मात्र नभई सम्पूर्ण जीवनसमेत समर्पण गरेका थिए। आजको आधुनिक इटहरीका जग बसाल्न सहयोग गर्ने ती समाजसेवी, अग्रगामी सोच भएका व्यक्तित्वहरूको योगदान अद्वितीय छ।
तिनै पुस्ताका प्रतिनिधि तेजु आफ्ना पुर्खाहरूको गौरवशाली इतिहास बोकेर आज पनि सामाजिक, सांस्कृतिक र राजनीतिक रूपान्तरणका अभियानमा सक्रिय छन् । आजबाट गेष्ट हाउस संचालक समेत भएका छन् ।
नेपाली समाजमा उनका पुर्खाले ऐतिहासिक योगदान पुर्याएको छन्। इटहरी, धरान, विराटनगर जस्ता शहरहरू बन्ने क्रममा सबैभन्दा बढी भूमि योगदान गर्ने समुदायहरूमा उनका पुर्खा (थारूहरू) अग्रपंक्तिमा पर्छन्। धेरैजसो सरकारी भवन, विद्यालय, अस्पताल, सडक, कार्यालयहरू थारूहरूको जमिनमा बनेका छन्, जो तेजु चौंधरीका बाऊ, बाजे र पुर्खाहरु हुन् ।
चौधरीले आधुनिक सोच र उद्यमशीलताको माध्यमबाट समाजमा योगदान दिइरहेका छन्। सामाजिक सञ्जालमा ‘तेजु तेज’ नामले परिचित उनी व्यवसायिक, सामाजिक र सांस्कृतिक गतिविधिहरूमा सक्रिय छन्।
गोर्खा खबरसँगको कुराकानीमा तेजु आफ्नो यात्रा केवल व्यवसायसम्म मात्र सीमित नभई आफ्ना पुर्खाहरूले देखाएको सेवा, त्याग र समर्पणको बाटो पछ्याउँदै समाज रूपान्तरणको नयाँ कथा लेख्न भएको बताए ।
उनले थारू वंशको नवपुस्ताका प्रतिनिधि गर्दै आधुनिक सोच र उद्यमशीलताको माध्यमबाट समाजमा योगदान दिने जिकिर गरे । सामाजिक सञ्जालमा ‘तेजु तेज’ नामले परिचित उनी व्यवसायिक, सामाजिक र सांस्कृतिक गतिविधिहरूमा सक्रिय छन् । उनले आफ्नो व्यवसायले इटहरीको आतिथ्य र पर्यटन क्षेत्रमा नयाँ अभ्यास सुरु गर्ने अपेक्षा गरिएको बताए ।
इटहरीमा कैयौँ भव्य सांगीतिक कार्यक्रम आयोजना गरिसकेका मगरले अबदेखि लोकप्रिय कलाकारहरू जस्तै जोन चम्लिङ, पूर्ण राई, सज्जनराज वैद्य, स्वप्न सुमन, रोहित जोन क्षेत्री, रजु लामा, तृष्णा गुरुङ, मेलिना राई जस्ता अतिथिहरूलाई ‘Fool’s Way Inn’ मा विशेष वीआईपी कक्ष प्रदान गरिने बताए।
“उहाँहरुलाई हाम्रो आफ्नै गेष्ट हाउसको सेवा लिनका लागि निवेदन गर्नेछौं ।”, मगरले भने ।
खगेन्द्र मगरले इटहरीमा पहिलोपटक सज्जनराज वैद्य को कन्सर्ट आयोजना गरेका थिए, जहाँ प्रदेश १ भित्रमात्र नभई सिक्किम, दार्जिलिङ र सिलगुडीबाट समेत हजारौँ दर्शकहरू उपस्थित भएका थिए। उक्त कन्सर्टका क्रममा इटहरीका सबै होटल तथा लजहरू पूर्णरूपमा भरिएका थिए।
The Fool’s Way Inn को स्थान साङ्गीत चोक, Monk & Punk को छेउको भवन मगर कम्प्लेक्स मा रहेको छ।
नयाँ सोच, नयाँ प्रवृत्तिसहित सुरु गरिएको यस गेस्ट हाउसले इटहरीको आतिथ्य पर्यटनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
