सुधारमुखी अध्यादेश र कानुनहरूको समर्थन गर्नुपर्ने अभिव्यक्ति इटहरीका मेयर पौडेलको अभिव्यक्ति
लोकतन्त्रको सार सरकारको आलोचना गर्नु मात्र नभई सरकारलाई नागरिकप्रतिको जिम्मेवारी सम्झाउँदै सही काममा साथ दिनु पनि रहेको पौडेलको भनाइ छ ।
इटहरीका मेयर एवं नेपाली कांग्रेस इटहरीका सभापति हेमकर्ण पौडेलले सरकारका सुधारमुखी कदमहरूलाई राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर समर्थन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ.।
नेपालको संविधानमै अध्यादेश ल्याउने व्यवस्था रहेको स्मरण गराउँदै उहाँले केवल अध्यादेश आएकै भरमा ‘संसद छलियो’ भन्दै अनावश्यक विरोध गर्नु उचित नहुने बताउनुभयो । उहाँका अनुसार विरोध सधैँ विरोधका लागि मात्र नभई विषयवस्तु र उद्देश्यका आधारमा हुनुपर्दछ. ।
आगामी निर्वाचनमा पुनः मेयरको सम्भावित उम्मेदवारका रूपमा हेरिएका पौडेलले राजनीतिक पारदर्शिता र जवाफदेहितालाई आफ्नो मुख्य एजेण्डा बनाउनुभएको देखिन्छ.।
मेयर पौडेलले सरकारले ल्याउने हरेक कानुन देश, लोकतन्त्र र संविधानको मर्मका साथै जनभावना अनुरूप हुनुपर्नेमा जोड दिनुभएको छ । विशेषगरी देशभित्र मौलाएको भ्रष्टाचार, बेथिति र दण्डहीनताको अन्त्य गर्दै सुशासन कायम गर्ने स्पष्ट लक्ष्य बोकेका कानुनहरूलाई सकारात्मक रूपमा लिनुपर्ने उहाँको तर्क छ । हालै चर्चामा रहेका सम्पत्ति शुद्धीकरण, सहकारी र सार्वजनिक खरिद ऐन संशोधनजस्ता प्रयासहरू देशका ज्वलन्त समस्या समाधानसँग सम्बन्धित रहेको उहाँले उल्लेख गर्नुभयो.।
लोकतन्त्रको सार सरकारको आलोचना गर्नु मात्र नभई सरकारलाई नागरिकप्रतिको जिम्मेवारी सम्झाउँदै सही काममा साथ दिनु पनि रहेको पौडेलको भनाइ छ । उहाँले केवल विरोधको राजनीति गर्नुको सट्टा देश बनाउने राजनीति गर्न सबैलाई आह्वान गर्नुभएको छ । आगामी निर्वाचनमा पुनः मेयरको सम्भावित उम्मेदवारका रूपमा हेरिएका पौडेलले राजनीतिक पारदर्शिता र जवाफदेहितालाई आफ्नो मुख्य एजेण्डा बनाउनुभएको देखिन्छ.।
मेयर पौडेलको संयमताको अर्को पाटो उहाँको विगतको भोगाइले पनि देखाउँछ । श्रोतका अनुसार, आन्दोलनका क्रममा पूर्वाग्रही समूहले उहाँको घरमा आगजनी गरे तापनि उहाँले कसैमाथि कारबाहीको माग गर्नुभएन । आफूलाई हानि पुर्याउनेहरू को हुन् भन्ने थाहा भए पनि उहाँले धैर्यता प्रदर्शन गर्दै “दिन आउँछ र सबैले थाहा पाउनेछन्” भन्दै आउनुभएको छ. यो घटनाले उहाँको प्रतिशोधविहीन र विकासमुखी राजनीतिक चरित्रलाई थप प्रस्ट्याएको छ.।
