इटहरी उपमहानगरपालिकाद्वारा आगामी वर्षको बजेट सर्वसम्मत पारित : उपप्रमुख चौधरीद्वारा धन्यवाद

0

इटहरी उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मेयर हेमकर्ण पौड्यालको लचकता र राजनीतिक सहमतिपछि सर्वसम्मत रूपमा पारित भएको, उपमहानगरपालिका उच्च स्रोत दाबी गर्छन् ।

Budget of Itahari

इटहरी, २०८२ साउन ३१ – अनिश्चितकालका लागि स्थगित इटहरी उपमहानगरपालिकाको १६औँ नगरसभा सफलतापूर्वक सम्पन्न हुदै आगामी आर्थिक वर्ष २०८२र८३ का लागि प्रस्तुत बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। उपमहानगरकी उपप्रमुख संगीताकुमारी चौधरीद्वारा असार १० गते प्रस्तुत गरिएको उक्त बजेट शनिबार सम्पन्न नगरसभाले स्वीकृत गरेको हो।

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको छ। यसमध्ये चालु खर्चका लागि १ अर्ब ४ करोड ११ लाख १० हजार रुपैयाँ ९४०।७९५० छुट्याइएको छ भने पूँजीगत खर्चतर्फ १ अर्ब ५० करोड १९ लाख ९० हजार रुपैयाँ ९५८।८६५० विनियोजन गरिएको छ। यसैगरी, वित्तीय व्यवस्थापन अन्तर्गत साँवा(ब्याज भुक्तानीका लागि ९० लाख रुपैयाँ ९०।३५५० बजेट तोकिएको छ।

उपप्रमुख चौधरीले नगरको विकास र जनताको हितलाई केन्द्रमा राखेर बजेट तयार पारिएको बताउनुभयो। नगरसभाका सदस्यहरूले पनि बजेटलाई सर्वसम्मत रूपमा पारित गर्दै उपमहानगरको विकासमा सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

मेयरको लचकता र उपमेयरको नेतृत्वमा इटहरीको बजेट सर्वसम्मत पारित

इटहरी, २०८२ भदौ १ – इटहरी उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मेयर हेमकर्ण पौड्यालको लचकता र राजनीतिक सहमतिपछि सर्वसम्मत रूपमा पारित भएको, उपमहानगरपालिका उच्च स्रोत दाबी गर्छन् ।उपमहानगर स्रोतका अनुसार मेयर पौड्यालले आफ्नो विदेश भ्रमणअघि नै बजेट पारित गराउन चाहेको र त्यसका लागि उपप्रमुख संगीताकुमारी चौधरीलाई जिम्मेवारी दिएको दिएका थिए ।

“बाहिरी रुपमा चर्चा भए जस्तो नभई नगर प्रमुख लचक नै थिए, विदेश जानुअघि नगरसभा १६औँ नगरसभा सफलतापूर्वक सम्पन्न गदै आगामी आर्थिक वर्ष २०८२र८३ का लागि प्रस्तुत बजेट सर्वसम्मत रूपमा यसअघि नै पारित गर्ने चाहानु हुन्थ्यो ।”, उपमहागरभित्रका एक कांग्रेस वडा अध्यक्षले दाबी गरे, “विरोधपछि हाम्रा मेयर हेमकर्ण पौडेल विनियोजन शीर्षकको अनुसूची ल्याउन तयार होईन, राजनीतिक सहमतिपछि शनिबार बजेट पारित भएको हो ।”

राजनीतिक दलहरूबीचको आन्तरिक सहमति र समन्वयका कारण यो बजेटमा कुनै विवाद नभएको एक नेताले बताए। उनले “नेकपा (एमाले) को दबाब वा कांग्रेस वा नगरप्रमुख पछि हटेर नभई आपसी समझदारीमा बजेट पारित भएको” दाबी गरे। यसले उपमहानगरपालिकामा राजनीतिक दलहरूबीचको सहकार्य बलियो भएको देखाउँछ।

अन्ततः शनिबार सम्पन्न १६औँ नगरसभाले उपप्रमुख संगीताकुमारी चौधरीद्वारा प्रस्तुत बजेट सर्वसम्मत रूपमा पारित गर्‍यो। यो सफलताले नगरको विकासका लागि सबै पक्ष एकजुट भएको सन्देश दिएको छ।

कार्यवाहक नगरप्रमुख श्रेष्ठको पनि सकारात्मक भूमिका

मेयरको अनुपस्थितिमा कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका वडा नं. २० का अध्यक्ष मणीराम श्रेष्ठले पनि बजेट सर्वसम्मत पारित गराउन महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ। उनले बजेटमाथि नेकपा (एमाले) बाट निर्वाचित वडाध्यक्षहरूसँग अनौपचारिक छलफल गरेका थिए।

उपप्रमुख चौधरीद्वारा नगरसभा सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद

इटहरी, २०८२ साउन ३१ – इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीताकुमारी चौधरीले १६औँ नगरसभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई हार्दिक आभार व्यक्त गर्नुभएको छ। नगरसभा सम्पन्न भएलगत्तै उपप्रमुख चौधरीले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै धन्यवाद दिनुभएको हो।

उहाँले आफ्नो सन्देशमा भन्नुभएको छ, “आज इटहरी उपमहानगरपालिकाको १६औँ नगरसभा सम्पन्न भएको इटहरी नगरवासीमा जानकारी गराउँदछौँ। यसका लागि नगरसभा सदस्यहरू, विभिन्न विशिष्ट महानुभावहरू, कर्मचारीहरू तथा शुभचिन्तकहरूले आ-आफ्नो स्थानबाट गर्नुभएको सहयोगको लागि इटहरी उपमहानगर तथा म उपप्रमुख संगीताकुमारी चौधरीको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु।”

उपप्रमुख चौधरीको यो सन्देशले बजेट निर्माण र नगरसभाको सफलतामा सबै सरोकारवालाहरूको महत्त्वपूर्ण भूमिका रहेको पुष्टि गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *