जेसी सप्ताह उद्घाटन, विभिन्न कार्यक्रम गर्दै

0
Jaycees sapta img

जेसी सप्ताहमा वक्तृत्व कला प्रतियोगिता, स्वास्थ्य शिविर, फुटसल प्रतियोगिता, चेस प्रतियोगिता, लोक नृत्य प्रतियोगिता र तम्बोला (हाउजी) खेल हुनेमदन बस्नेत, कार्यकारिणी उपाध्यक्ष एवम् सप्ताह कार्यक्रमका मूल संयोजक

(आर्काइभबाट)

डि.बि.भण्डारी । तरहरा

आजबाट तरहरा जेसीजको जेसीज सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गरिएको छ । स्लो बाइक रेस (ढिलो बाइक दौड)बाट शुरु जेसी सप्ताहमा वक्तृत्व कला प्रतियोगिता, स्वास्थ्य शिविर, फुटसल प्रतियोगिता, चेस प्रतियोगिता, लोक नृत्य प्रतियोगिता र तम्बोला (हाउजी) खेल हुने, कार्यकारिणी उपाध्यक्ष एवम् सप्ताह कार्यक्रमका मूल संयोजक मदन बस्नेतले जानकारी गराए ।

“समाजमा सकारात्मक प्रभाव पार्न सकिने विविध कार्यक्रमहरु विभिन्न संयोजकहरुको संयोजकत्वमा गरिनेछ ।”, बस्नेतले सोल्टी टिभीसँग भने, “यसबाट व्यक्तित्व विकास गरेका हाम्रा साथीहरुले सामाजिक रुपमा घुलमिल गर्ने अवसर पनि प्राप्त गर्नेछन् ।”

आज मंगलबार भएको स्लो बाइक रेस (ढिलो बाइक दौड) मा बाइक तर्फ निर्मल श्रेष्ठ र स्कुटी तर्फ संकल्प घिमिरले प्रथम भई हेल्मेल पुरस्कार प्राप्त गरे ।

पूर्व जेसीज अध्यक्ष जीवन पराजुली, इटहरी उपमहानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष श्रीनारायण चौंधरी, २० का वडा अध्यक्ष मणीराम श्रेष्ठ, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष बहादुर तामाङ, सामाजिक अभियन्ता नवीन गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै जेसीजको इतिहासमा पहिलोपल्ट महिला नेतृत्वमा आएकोमा प्रशंसा गरेका थिए । जेसीज व्यक्तित्व र नेतृत्व विकासमा अग्रसर जेसीजबाट धेरै सफल नेतृत्वहरु उदाएका, वक्ताहरुले बताए ।

सप्ताहको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीका प्रहरी निरीक्षक रामेश्वर ट्वीटी सामाजिक काम जेसीजले पुराएको योगदानको चर्चा गरे ।

इतिहासकै पहिलो अध्यक्ष तथा उद्घाटन कार्यक्रमका अध्यक्षता गरेकी तरहरा जेसीज वर्ष २०२४ का अध्यक्ष रिता भूसालले व्यस्त समयको वावजूद पनि कार्यक्रममा आतिथ्य ग्रहण गरेर उद्घाटन कार्यक्रम सफल बनाउन अतिथिका रुपमा सहभागि भई सहयोग गर्ने विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था तथा क्लब, जेसीजका पूर्वअध्यक्षहरु, सहयोगी संघसंस्था र कार्यक्रमका मूल संयोजक र अन्य संयोजकहरुलाई धन्यवाद ज्ञापन गरिन् ।

अध्यक्ष भूसालले कार्यक्रमका प्रमुख अतिथि र अतिथिहरुलाई मायाको चिनो प्रदान गरिन् ।

महासचिव उत्तम गिरीले संचालन गरेको सप्ताहव्यापी कार्यक्रमको उद्घाटन कार्यक्रमका कार्यकारिणी उपाध्यक्ष तथा मूल संयोजक बस्नेतले कार्यक्रम बारे प्रष्ट्राउदै स्वागत गरे भने आजको कार्यक्रमका संयोजक सुजित कर्णले अतिथिहरुलाई धन्यवाद दिए ।

सबै तस्वीरहरु : उत्तम गिरीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *