तरहरा (इटहरी) । गोर्खा खबर
राष्ट्रियस्तरको सम्मान कार्यक्रम, बहुसांस्कृतिक सडक उत्सव, सांस्कृतिक परेड र सांगीतिक कार्यक्रमसहित एक लाख रुपैयाँको नगद उपहारसमेत प्रदान गरिने “तरहरा उत्सव २०२५” को औपचारिक कार्यक्रमको अध्यक्षको रूपमा इटहरी उपमहानगरपालिका वडा नम्बर २० का अध्यक्ष मणिराम श्रेष्ठले अध्यक्षता ग्रहण गर्नुहुने भएको छ।
प्रत्येक वर्ष फरकफरक समाज, क्षेत्र, विधा एवम् पेशाका नेतृत्वलाई सम्मानार्थ अध्यक्षता गराउने नयाँ शुरुवात गर्दै आयोजकले यसपटक दुई पटक वडा अध्यक्षमा निर्वाचित, लोकप्रिय काङ्ग्रेस नेता, स्पष्ट वक्ता र सरल स्वभावका धनी श्रेष्ठलाई छनोट गरेको हो। उहाँको सहज स्वीकारोक्तिप्रति आयोजक टिमले हार्दिक कृतज्ञता ज्ञापन गरेको छ।
श्रेष्ठ साधारण, सरल र जनतासँग घुलमिल हुने स्वभावका कारण जनतामाझ लोकप्रिय नेतृत्वका रुपमा परिचित छन् । वडा अध्यक्षमा निर्वाचित हुनुअघि नै उहाँले तत्कालीन हाँसपोसा गाविसलाई नेपालकै उत्कृष्ट १० गाविसमध्ये पर्न सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्नुभएका थिए ।
उहाँले आफ्नो कार्यकालमा सडक, पुलजस्ता पूर्वाधार निर्माणबाहेक शिक्षाको विकास, ब्याडमिन्टन कभर्ड हल, आउटडोर व्यायामस्थल, पार्क र स्वास्थ्य क्लिनिकको निर्माणमा समेत विशेष जोड दिनुभएका छन् ।
विकास र सामाजिक कार्यमा उहाँको योगदान अतुलनीय रहेको छ।
आयोजकका अनुसार, श्रेष्ठको नेतृत्व र संरक्षणले तरहरा उत्सवको सफलतामा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।


