खोटाङ समाज हङकङले ‘हलेसी साँझ पाँचौं’ आयोजना गर्दै, राजेशपायल राईसहितका कलाकारले प्रस्तुति दिने

0

समाजका अध्यक्ष पेङ किराँत राईका अनुसार, यस पाँचौं संस्करणमा ‘सुपरस्टार गायक’ राजेशपायल राईको प्रमुख आकर्षण रहनेछ, जसले कार्यक्रमलाई अझ भव्य र उत्साहपूर्ण बनाउने विश्वास गरिएको छ।

Hong Kong Khotang Samaaj (1)

हङकङ – खोटाङ समाज हङकङले आगामी अक्टोबर १९ गते युन्लोङ थियटर हलमा ‘हलेसी साँझ पाँचौं’ आयोजना गर्ने भएको छ। अभिभावकविहीन र शिक्षाबाट वञ्चित बालबालिकालाई सहयोग गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस कार्यक्रमको तयारी तीव्र पारिएको छ।

समाजका अध्यक्ष पेङ किराँत राईका अनुसार, यस पाँचौं संस्करणमा ‘सुपरस्टार गायक’ राजेशपायल राईको प्रमुख आकर्षण रहनेछ, जसले कार्यक्रमलाई अझ भव्य र उत्साहपूर्ण बनाउने विश्वास गरिएको छ।

“हाम्रो यो साँझको मुख्य लक्ष्य भनेको शिक्षाबाट वञ्चित बालबालिकाहरूको भविष्य सुनिश्चित गर्न आर्थिक सहयोग जुटाउनु हो।”, कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै अध्यक्ष राईले भने, “हामीले विगतका कार्यक्रमहरूबाट पनि सामाजिक कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छौँ।”

‘हलेसी साँझ पाँचौं’ मा राजेशपायल राईसँगै चर्चित कलाकारहरू रचना रिमाल, इन्द्रकला राई, अनिल राई, मोनिका राई, डान्सर रेश्मा राई, अपर्णा राई, संम्युक्त स्टुडियो डान्सर ग्रुप र गायक तथा हास्य कलाकार सिडी विजय अधिकारीको पनि प्रस्तुति रहनेछ। कार्यक्रमको उद्घोषण जीतकर्ण राईपविता पुमा राईले गर्नेछन्।

हालै G50 रेस्टुरेन्ट जोर्डनमा आयोजित एक सभामा समाजले हङकङमा रहेका सम्पूर्ण नेपाली समुदायलाई यस महान् कार्यमा सहभागी भई सहयोग गर्न हार्दिक अनुरोध गरेको छ।

आयोजकहरूले हङकङवासी नेपालीहरूबाट विगतमा जस्तै यसपटक पनि पूर्ण साथ र सहयोग मिल्नेमा विश्वास व्यक्त गरेका छन्। सभामा निवर्तमान अध्यक्ष, पूर्व अध्यक्ष, सल्लाहकार र अतिथिहरूले कार्यक्रमको सफलताको लागि शुभकामना दिएका थिए।

तस्वीर: ZAP स्टुडियो हङकङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *