सङ्घर्षबाट सफलताको शिखरमा: परशुराम कार्की

0
Manoj karki (1)

पूर्वाञ्चल स्तरीय गायन प्रतियोगितामा उत्कृष्ट १० भित्र पर्न सफल कार्कीले शास्त्रीय संगीतको समेत अध्ययन गरेका छन्।

विशेष रिपोर्ट: गोर्खा खबर

इटहरी (तरहरा), १७ फागुन २०८२, आइतबार

वि.सं. २०४८ मा बराहक्षेत्र-२, सुनसरीमा जन्मिएका परशुराम कार्की (मनोज) को जीवन यात्रा सङ्घर्ष र निष्ठाको उत्कृष्ट नमुना हो। आदर्श उच्च माविबाट १२ कक्षासम्मको शिक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेका कार्की सानैदेखि मेधावी विद्यार्थीका रूपमा परिचित थिए। साहित्यको चेत भएका उनले सो समयमा नेपाली विषयमा उत्कृष्ट पुरस्कार समेत प्राप्त गरेका थिए। धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट पारिवारिक जिम्मेवारी सम्हाल्दै स्नातक र वित्त शास्त्रमा स्नातकोत्तर (MBA) पूरा गरेका कार्कीले कला र अध्ययनलाई सँगसँगै अगाडि बढाए।

पूर्वाञ्चल स्तरीय गायन प्रतियोगितामा उत्कृष्ट १० भित्र पर्न सफल कार्कीले शास्त्रीय संगीतको समेत अध्ययन गरेका छन्।

‘एशियन म्युजिक’ बाट उनको स्वर र शब्दमा गजल सार्वजनिक भइसकेका छन् भने राष्ट्रिय पोर्टलहरूमा उनका कविता र लेखहरू प्रकाशित छन्। व्यावसायिक यात्राका क्रममा एक कमर्सियल बैंकमा २ वर्ष अनुभव बटुलेपछि उनले कामधेनु दुग्ध विकास सहकारीमा बजार व्यवस्थापकदेखि कार्यकारी प्रमुखसम्मको जिम्मेवारी कुशलतापूर्वक निभाए। सोही क्रममा उनले भारत, नेदरल्याण्ड र जर्मनी लगायतका देशहरूको भ्रमण गरी अन्तर्राष्ट्रिय विषय विज्ञको रूपमा समेत पहिचान बनाए।

२ वर्ष अघि संस्थागत जिम्मेवारीबाट विश्राम लिई सरकारी सेवाको लक्ष्य राखेका कार्कीले २०८२ सालमा आफ्नो बौद्धिक क्षमताको ऐतिहासिक पुष्टि गरेका छन् । उनले एकै वर्ष लोकसेवा आयोगका तीनवटा प्रतिष्ठित पदमा सफलता हासिल गरी ‘ह्याट्रिक’ गरेका हुन्, शाखा अधिकृत (मधेश प्रदेश – हाल कार्यरत), लेखा अधिकृत (नेपाल विद्युत प्राधिकरण) र लेखा (राष्ट्रिय मानव अधिकार आयोग) ।

सार्वजनिक प्रशासनमा एक अब्बल र बौद्धिक अधिकृतका रूपमा उदाएका परशुराम कार्की सङ्घर्ष र प्राप्तिको एउटा जीवन्त नमुना बनेका छन् । उनी आज लाखौँ युवाहरूका लागि प्रेरणाको स्रोत बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *