धरान–८ समाज हङकङको १८औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

0

धरान–८ समाज हङकङले प्रवासमा रहेर पनि आपसी एकता, सम्मान र संस्कृतिको जगेर्ना गर्दै आइरहेको सन्देश उक्त कार्यक्रममा झल्किएको थियो।

Hong Kong Bishnu Pakhrin (1)

✍️ बिष्णु पाख्रिन, हङकङ

धरान–८ समाज हङकङले आफ्नो स्थापनाको १८औं वार्षिकोत्सव २०२५ जुलाई १९ तारिख शनिबार साँझ याक एण्ड यति रेस्टुरेन्टमा एक भव्य कार्यक्रमका बीच सम्पन्न गरेको छ। समाजका सचिव भीमप्रसाद राईको सञ्चालनमा कार्यक्रमको औपचारिक सुरुवात अध्यक्ष खडक माबोको अध्यक्षतामा गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि भूतपूर्व ब्रिटिस गोर्खा संघका प्रतिनिधि श्री हरि प्रसाद राई थिए। विशिष्ट अतिथिहरूमा धरान–हङकङ मञ्चका सचिव श्री रमेश चाम्लिङ, लाङ्घाली कल्याण समाजका प्रतिनिधि श्री दया थापा मगर, र हङकङ–टराहरा मञ्चका सचिव श्री रामप्रसाद राई हुनुहुन्थ्यो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा Intra Foundation America द्वारा नेपालमा सञ्चालित Mero Voice Universe रियालिटी शोमा आफ्नो स्वरको जादुले Top 40 मा स्थान बनाएका समाजका सदस्य शौरभ पाख्रिन र पूर्व नेपाली राष्ट्रिय फुटबल खेलाडी तथा समाज सदस्य मिलन श्रेष्ठलाई समाजका अध्यक्षद्वारा खादा अर्पण गर्दै सम्मान गरिएको थियो।

त्यसैगरी समाजमा नवप्रवेशी सदस्य लक्ष्मी गिरी (राई) लाई खादा लगाई स्वागत गरिएको थियो। कार्यक्रममा लक्की ड्र, सांगीतिक प्रस्तुति, र नाचगान सहित रमाइलो माहोलमा वार्षिकोत्सव मनाइएको थियो।

धरान–८ समाज हङकङले प्रवासमा रहेर पनि आपसी एकता, सम्मान र संस्कृतिको जगेर्ना गर्दै आइरहेको सन्देश उक्त कार्यक्रममा झल्किएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *