नेक्सस ब्यान्डद्वारा सङ्गीतकार थापालाई आर्थिक सहयोग

0
Music Itahari Nexus Band

इटहरी । लामो समयदेखि नेपाली सङ्गीत क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउँदै आएका स्थापित गिटारवादक एवम् सङ्गीतकार दीपक थापा यतिबेला स्वास्थ्य समस्यासँग जुधिरहेका छन् । नेपाली सङ्गीत जगत्‌का लोकप्रिय ब्यान्ड नेक्ससु नेपालले थापाको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

“आदरणीय दाजु दिपक थापाको उपचारमा उहाँलाई सम्मान प्रकट गर्दै नेक्सस् ब्यान्डले २५,००० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।”, ईटहरीका स्थापित गिटारवादक, एरेन्जर, संगीतकर्मी एवम् तथा ब्याण्डका बेस गिटारिस्ट नवीन न्यौपानेले भन्नुभयो, “यो सहयोगले केही राहत पुग्ने हाम्रो विश्वास छ ।”

ब्याण्डका गायक पवन लिम्बुले विद्यालय तहदेखि नै यात्रा सुरु भएको नेक्सस ब्यान्ड स्थापना भएको २० वर्षभन्दा बढी भइसकेको छ बताउदै “ब्याण्डको मुख्य उद्देश्य संगीत मार्फत सामाजिक चेनता बढाउन र सकेको सामाजिक सेवा गर्नु भएको बताउदै सो कारण सहयोग भएको” बताए ।

“आदरणीय दाई (दिपक थापा)ले सङ्गीत क्षेत्रमा पुर्‍याउनुभएको अतुलनीय योगदान र वर्षौँदेखि अनगिन्ती मानिसहरूलाई दिनुभएको प्रेरणा सधैँ हाम्रा लागि अनुकरणीय रहनेछ ।”, गायक पवनले भन्नुभयो, “उहाँको शिघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछौं ।”

यो कठिन परिस्थितिमा थापालाई ढाडस दिन सबै एकजुट हुनुपर्नेमा नेक्सस् ब्याण्डले जोड दिएको छ ।

ब्याण्डका ड्रमर नवीन श्रेष्ठ भन्नुहुन्छ, “हामी यस चुनौतीपूर्ण समयमा सहयोग, प्रार्थना वा अन्य कुनै पनि माध्यमबाट सहयोग गर्न सक्ने सबैलाई अगाडि आउन हार्दिक अनुरोध गर्दछौँ । आउनुहोस्, हामी सबै मिलेर एक सच्चा कलाकार र सङ्गीत क्षेत्रका धरोहरको पक्षमा उभियौँ ।”

लामो समयदेखि नेपाली रक तथा आधुनिक सङ्गीतमा सक्रिय नेक्सस ब्यान्डका “विश्वास”, “आइदेऊ” जस्ता गीतहरू स्रोताले मन पराएका छन् ।

विगत दुई दशकदेखि नेपाली सङ्गीत आकाशमा आफ्नो बलियो उपस्थिति जनाउँदै आएको नेक्सस ब्यान्डमा गायन (भोकल) मा पवन लिम्बु रहेका छन् भने ड्रम्समा नवीन श्रेष्ठ, बेस गिटारमा नवीन न्यौपाने र गिटारमा सुजन लिम्बु तथा मनोज राई आबद्ध छन् ।

विद्यालय स्तरदेखि सुरु भएको उनीहरूको यो साङ्गीतिक सहकार्य, सामूहिक प्रयास र ऊर्जाले २० वर्षदेखि आजसम्म पनि बलियो छ । ब्यान्डका गीतहरू उनीहरूको आधिकारिक युट्युब च्यानल https://www.youtube.com/@nexusnepal4/featured मा हेर्न सकिन्छ भने ब्यान्डका गतिविधि र नयाँ अपडेटहरूका लागि उनीहरूको आधिकारिक फेसबुक पेज https://www.facebook.com/Nexus.Itahari मा जोडिन सकिने ब्यान्डले जनाएको छ ।

गिटारवादक एवम् सङ्गीतकार दीपक थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *