धरान धनकुटा भेडेटारका मोडलको निधन, तरहरा शोकाकूल

0
Puspa Rai

(आर्काइभबाट)

बुढासुब्बा म्युजिकका प्रोपाइटर नबराज गिरीले उनको निधनमा शोक व्यक्त गरेका छन् ।

तरहरा । चर्चित गायक राजेशपायल राईको स्वर रहेको चर्चित गीत धरान धनकुटा भेडेटार (भेटैमा भयो सोल्टिनी ज्यू) को भिडियोमा अभिनय गरेका संगीतकर्मी एवम् कलाकार (मोडल) एक बहादुर राई उर्फ पुष्पको बुधबार साँझ निज निवासमा निधन भएको छ । एक श्रीमत्तीसहित उनको एक छोरी छिन् ।

भूतपूर्व बिट्रिस आर्मी बुवा नौंधन राई र आमा रत्न राईको जेठो पुत्र पुष्पको श्रीमती मनिकला राई र छोरी सालियाना राई छिन् ।

उनको एक भाई हर्कराज राई उर्फ हर्क र बहिनी जुना राई छिन् । सगरमाथा अञ्चल, सोलुखुम्बु जिल्लामा २०३२ कार्तिक ३० गते जन्मिएर साबिकको हाँसपोसा गाविस वडा नं. २, हाल इटहरी उपमहानगरपालिका वडा नं. २०, मा स्थायी बसोबास गर्दै आएका पुष्पले नेपालकै चर्चित डिजिटल कंम्पनी बुढासुब्बा म्युजिकसँग पनि आवाद्ध भई धेरै काम गरेका छन् । उनी सम्पादन कलामा पनि पोक्त थिए ।

बुढासुब्बा म्युजिकका प्रोपाइटर नबराज गिरीले उनको निधनमा शोक व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *