र्हकको धरानमा देखिए ‘अनिल कपुर’ !

0

पछिल्लो समय मेयर हर्क साम्पाङ स्वयमले अवलोकन गरेका नारायण चोकदेखि पुतली लाईन भगवति मन्दिरसम्मको सडक खण्डको मर्मतमा ईनरूवाको शाह निर्माण सेवाका ठेकेदारले सडक मर्मतमा लापारवाही गरेको भेटिएपछि नायकका अनिल कपुर शैलीमा वडा अध्यक्ष राईले जनताको अदालतमा ठेकेदार, कंम्पनीसहित उपमहानगरपालिकाका ईन्जिनियर सुरज श्रेष्ठ र अन्य इन्जिनियरहरूलाई उभ्याएका छन् ।

Dharan ward 10 president Rai

(आर्काइभबाट)

तरहरा । शिर्षकले पक्कै भ्रमित पारे जस्तै हुन्छ तर, वास्तविक यस्तै छ । बलिउड फिल्म नायकका नायक (हिरो) अनिल कपुर मेयर हर्क साम्पाङ राईको उपमहानगरपालिका धरानमा देखिएका छन् । अर्थात, नायकका नायक चरित्र धरानमा पनि देखिएको छ । आखिर को हुन् त ती नायक ?

यसअघि, कार्यपालिका बैठकमा पत्रकारको परिचय पत्र र ड्रेस कोड हुनु उचित हुने प्रष्ट विचार राखेर सबैका ध्यान खिचेका धरान १० का वडा अध्यक्ष विवेक राई यसपटक पुनः बलिउड फिल्म नायकका नायक (हिरो) अनिल कपुरले जस्तै असल चरित्र प्रर्दशन गर्दै चर्चामा छन् ।

पछिल्लो समय मेयर हर्क साम्पाङ स्वयमले अवलोकन गरेका नारायण चोकदेखि पुतली लाईन भगवति मन्दिरसम्मको सडक खण्डको मर्मतमा ईनरूवाको शाह निर्माण सेवाका ठेकेदारले सडक मर्मतमा लापारवाही गरेको भेटिएपछि नायकका अनिल कपुर शैलीमा वडा अध्यक्ष राईले जनताको अदालतमा ठेकेदार, कंम्पनीसहित उपमहानगरपालिकाका ईन्जिनियर सुरज श्रेष्ठ र अन्य इन्जिनियरहरूलाई उभ्याएका छन् । वडा अध्यक्ष राईले उनीहरुको एस्टिमेट (अनुमानित बजेट) हेर्न अनुरोध गरेका छन् ।

सडक मर्मतको अनुगमनमा निस्किएका वडा अध्यक्ष राईले सामाजिक संजाल फेशबुकमा भिडियो प्रमाण नै पेश गर्दै नागरिकसँग सल्लाह मागेका छन्, “लु आफै भन्नुस यस्तो ठेकेदारलाई के गरौ ?”

उनका अनुसार, ईनरूवाका शाह निर्माण सेवाले दुई करोड तिस लाख रुपैयाँमा टेन्डर पारेको थियो । सो सडकको अनुगमन मेयर साम्पाङले पनि नारायण चौकमा स्वंयम उपस्थीत भई गएका थिए । तर, वडा अध्यक्ष राई भोलिपल्ट सडक कसरी टाल्दैछन् ? भनि हेर्न जादा लापरवाही गरिएको, भेटिएको हो ।

उनले चेतवानी समेत दिदै टालटुल पारा नहुने बताएको, भिडियोमा प्रष्ट सुनिन्छ । ठेकेदार कंम्पनी शाह निर्माण सेवा ईनरूवा र धरान उपमहानगरपालिकाका ईन्जिनियर सुरज श्रेष्ठ र अन्य ईन्जिनीयरहरुलाई जनताको कठघरामा उभ्याउने बताएका छन् । त्यसका लागि धरानवासीहरू आफैले एस्टिमेट हेर्न समेत वडा अध्यक्ष राईले आग्रह गरेका छन् ।
उनले यस्तो पाराले नहुने भन्दै मेयरलाई भन्न समेत ठेकेदारलाई भनेका छन् । वडा नं. १० मा लापरवाही नचल्ने वडा अध्यक्ष राईले भिडियोमा बताएका छन् ।

सर्वत्र प्रशंसा

वडा अध्यक्ष राईको यो अनुगमन र ठेकेदार कंम्पनी र इन्जिनियरहरुलाई दिईएको चेतावनीको सर्वत्र चर्चा भएको छ । सामाजिक संजालमा उनको प्रशंसा गर्दै अधिकांसले आभारसहित हौसाएका छन् ।

सडक मर्मतमा गुणस्तरिय काम भए, नभएको स्थलगत निरिक्षण गरि लापरवाही पाईएपछि एक्शनमा उत्रिएका वडा अध्यक्ष राईको वडा नं. १० र धरान उपमहानगरपालिकामा मात्र नभई शहरबाहिर पनि प्रशंसा र चर्चा भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *