मेयर हर्क साम्पाङंकै लागि ब्ल्याक डाइमण्डको भिडियो
तरहरा । साँगीतिक क्षेत्रमा आफ्नो पहिचान बनाउन लागि परेका ब्ल्याक डाइमण्डको पहिचानले चिनिन चाहाने गायक तथा मोडल ओम प्रकाश उर्फ प्रकाश गुरुङले चर्चित मेयर हर्क साम्पाङं राईकै लागि भनेर म्युजिक भिडियो तयारी गरेका छन् । मेयरको श्रम संस्कारको सम्मानमा भिडियो तयार पारिएको, गायक प्रकाशको दाबी छ । आज शनिबार रिलिज भएको माया धरानेको म्युजिक भिडियोमा मेयर हर्क साम्पाङं राईको समेत विशेष भूमिका रहेको छ ।
“गीतलाई रिलिज भएसँगै रुचाईएको छ । माया गर्ने सबैलाई धन्यवाद ।”, रिलिजपछि गायक ब्ल्याक डाइमण्ड उर्फ प्रकाशले सोल्टी टिभीसँग भने, “यसपछि अरु भिडियोहरु पनि तयारी गर्नेछु ।”
गायिका मेलिना मैनालीले स्वरमा साथ दिएको यो गीतलाई काठमाण्डौको किङ स्टुडियोमा रेकर्ड गरिएको र गीतको सम्पादन राजु कार्कीले गरेका, प्रकाशले जानकारी दिए । भिडियोमा भने प्रकाशलाई मोडल विमला खाजुमले साथ दिएकी छिन् ।
प्रकाशको यसअघि उर्गेन दोङको शब्द सङ्गीतमा रहेको गीतको म्युजिक भिडियो अँगालोमा बाँधी तिमी लाई पनि दर्शकले रुचाएका थिए ।
निर्देशक भीम लामाले निर्देशन गरेका भिडियोमा नगेन्द्र राईको नृत्य निर्देशन छ । सुमन तामाङले छायाङ्कन गरेको भिडियोको सम्पादन हेमन तामाङले गरेका हुन् । भिडियोलाई काठमाण्डौंको ओएसआर डिजिटल युट्युब च्यानलबाट रिलिज गरिएको छ ।
