यूएई निवासी तरहराका निमेषद्धारा एनआरएनएको सचिवमा उम्मेदवारी

0
UAE Nimesh Giri

(आर्काइभबाट)

यूएई । साबिकको हाँसपोपास गाविस, हाल इटहरी उपमहानगरपालिका वडा नंम्वर २०, तरहरा घर भई हालः यूएई निवासी निमेष गिरीले गैरआवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषदको सचिव पदको लागि उम्मेदवारी घोषणा गरेका छन् । उनी साबिकको हाँसपोसा गाँउ विकास समिति (गाविस), वडा नंम्वर २ का पूर्व वडाअध्यक्ष मणीराम गिरीका माईला छोरा हुन् ।

सन २००४ मा एनसीसी कतारको सदस्य बनेका गिरी सन् २००६ मा एनसीसी कतारको कार्यसमिति सदस्य हुँदै निरन्तर संघको अभियानमा जोडिएका ब्यक्ति हुन् । मध्यपूर्वको यूएईलाई कार्यक्षेत्र बनाएका गिरी सन २००९ मा एनसीसी यूएईको सदस्य र सन २०११-२०१३ कार्यकालको लागि प्रवक्ता बनेका थिए ।

साहित्य र लेखनमा बिशेष रुची राख्ने गिरी सन २०१३ देखि हालसम्म पनि निरन्तर रुपमा एनसीसी यूएईको सल्लाहकार, विधान संसोधन समिती संयोजक, अनुशासन समिति संयोजक हुँदै अन्तरराष्ट्रिय टास्क फोर्सहरुमा बसेर संघलाई योगदान पुर्याएका छन् ।

हरेक अन्तरराष्ट्रिय सम्मेलनहरुमा सहभागी हुँदै आफ्नो कुरा सशक्त ढंगले राख्ने गिरीले प्रखर वक्ताको रुपमा समेत छवि बनाएका छन् ।

“संस्थाले राम्रो गरिरहेको छ तर विकृति पनि उत्तिकै छ, गुटभन्दा माथि उठेर संस्थालाई हाम्रो र राम्रो संस्था बनाउने मेरो भूमिका हुनेछ । मेरो उम्मेदवारी विजयको लागि हो। “, गिरीले भने, “मध्यपूर्व र संसारभरका एनआरएन सदस्यहरुलाई सहयोगको लागि अनुरोध गर्दछुु ।”

FacebookTwitterEmailShare

Leave a Reply

Your email address will not be published. Required fields are marked *