प्रकाश ओझा र नारद खतिवडाको ‘बलै फरर’

0

गीतले नेपाली दर्शकलाई हाँसो, मनोरञ्जन र सांस्कृतिक झल्को दिने अपेक्षा गरिएको गायक, संगीतकार, कलाकार एवम् निर्देशक ओझाले बताए ।

Prakash Ojha new mv (1)

काठमाडौं, जुलाई २५ । गोर्खा खबर

नेपाली संगीत प्रेमीहरूका लागि वर्ष २०८२ को सुरुमा हाँसो र रमाइलोले भरिएको नयाँ कमेडी गीत ‘बलै फरारा’ सार्वजनिक गरिएको छ। गीतमा हास्यव्यङ्ग्य, ग्रामीण परिवेश, र समसामयिक सामाजिक प्रसङ्गलाई आकर्षक शैलीमा प्रस्तुत गरिएको छ।

गायकद्वय प्रकाश ओझा र नारद खतिवडाको सशक्त स्वरमा सजिएको यो गीतको गीत रचना स्वयं ओझा र खतिवडाका साथै टङ्क खड्काले गरेका हुन्। संगीत संयोजन नीरज श्रेष्ठ (धिरज)ले गरेका छन् भने रेकर्डिङ र मिक्सिङ समेत श्रेष्ठकै संयोजनमा मिनभवनस्थित 7NTH स्टुडियोमा गरिएको हो।

गीतमा अभिनय गरेका कलाकारहरूमा सुबास प्रसाद गजुरेल, नारद खतिवडा, प्रकाश ओझा, प्रेम शर्मा पौडेल, विमल नेपाल, टङ्क खड्का, विमल खड्का, प्रेम रोका, दीपक घिमिरे, लगायत मनिष दाहाल, प्रकाश नेपाल, बिकुश खतिवडा, र रेश बहादुर विश्वकर्मा छन्।

भिडियो निर्देशन प्रकाश ओझाले गरेका हुन् भने क्यामेरामा सुबास लिम्बुसम्पादनमा प्रेम शर्मा पौडेलको भूमिका रहेको छ। कोरियोग्राफी र व्यवस्थापनमा स्वागत राई र विमल नेपालको छ।

नृत्य प्रस्तुतिमा मनीता मगर, सेबिका पराजुली, सिम्रन पराजुली, रचना फागो, सारिका न्यौपाने, अलिशा सिटौला, र आध्या तामाङको प्रस्तुति रहेको छ।

यस गीतको प्रस्तुति टङ्क खड्का र एभरेष्ट मिसन भ्यु मल्टिपर्पोज प्रा.लिको तर्फबाट गरिएको हो भने सम्पूर्ण व्यवस्थापन र निर्माण संयोजन टङ्क खड्काले गरेका हुन्।

गीतले नेपाली दर्शकलाई हाँसो, मनोरञ्जन र सांस्कृतिक झल्को दिने अपेक्षा गरिएको गायक, संगीतकार, कलाकार एवम् निर्देशक ओझाले बताए ।

‘बलै फरर’ अहिले युट्युबसहित विभिन्न डिजिटल प्लेटफर्ममार्फत हेर्न र सुन्न पाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *