कुलमान घिसिङसँग एनआरएनए यूकेको डिनर नाइट विशेष साँझ

0

एनआरएनए यूकेका युवा संयोजक विशाल राई मेवाहाङले यस कार्यक्रमले बेलायतस्थित नेपाली समुदायबीच एकता, विचार आदानप्रदान र प्रेरणाको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्।

UK Kulman Ghising (1)

युके, अगस्ट १५ । गोर्खा खबर

एनआरएनए (NRNA) यूकेद्वारा आगामी अगस्ट १५ तारिखमा एल्डरसटस्थित एम्पायर हलमा आयोजना हुन लागेको विशेष डिनर नाइट कार्यक्रमको तयारी पुरा भएको छ। यो साँझ विशेष बनाउने मुख्य कारण हो– नेपालको ऊर्जा क्षेत्र रूपान्तरणमा क्रान्तिकारी परिवर्तन ल्याउने चर्चित व्यक्तित्व कुलमान घिसिङको उपस्थित‍ि।

कार्यक्रममा सहभागी हुनेहरूले अनलिमिटेड खानपान, मनोरञ्जन, र साँस्कृतिक कार्यक्रमहरूको साथमा कुलमान घिसिङसँग प्रत्यक्ष कुराकानी गर्ने दुर्लभ अवसर प्राप्त गर्नेछन्। बेलुकी ५:०० बजेबाट सुरु हुने यो कार्यक्रम सबै नेपाली समुदायका सदस्यहरूलाई एकसाथ जोड्ने सुनौलो अवसर हुनेछ।

कुलमान घिसिङ, हाल नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हुन्, जसले नेपालको लोडसेडिङ अन्त्य गरी इतिहास रचेका व्यक्ति हुन्। उनले सन् २०१६ मा कार्यभार सम्हालेदेखि २०७३ सालभरिको गम्भीर लोडसेडिङ अन्त्य गर्दै, विद्युत् आपूर्तिमा अभूतपूर्व सुधार ल्याए। उनको योजनाबद्ध व्यवस्थापन, ट्रान्समिसन सुधार, र नाफामुखी नीति–निर्माणले प्राधिकरणलाई घाटाबाट मुनाफातर्फ मोड्न सफल बनाएको थियो। उनको इमानदारी, पारदर्शिता र कार्यकुशलताका कारण उनी नेपालमा मात्र होइन, विश्वभर रहेका नेपालीहरूबीच पनि उच्च सम्मानका साथ हेरिन्छन्।

एनआरएनए यूकेका युवा संयोजक विशाल राई मेवाहाङले यस कार्यक्रमले बेलायतस्थित नेपाली समुदायबीच एकता, विचार आदानप्रदान र प्रेरणाको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्।

उक्त कार्यक्रम सबैका लागि खुला रहनेछ, र आयोजक टोलीले समयमै उपस्थित भई यो ऐतिहासिक क्षणको साक्षी बन्न अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *