धनपुरी युनिटीद्वारा आयोजित अन्तर-इटहरी फुट्सल प्रतियोगिताको फाइनल आज हुँदै

0
dhanpuri.jpg1

इटहरी – धनपुरी युनिटीको आयोजनामा सञ्चालित ‘अन्तर-इटहरी फुट्सल प्रतियोगिता’को फाइनल खेल आज आयोजना हुँदैछ। हिजो भदौ ६ गते शनिबारदेखि सुरु भएको यो प्रतियोगिताको अन्तिम भिडन्त आज बिहान ९ बजेदेखि सुरु हुनेभएको छ भने औपचारिक समापन तथा पुरस्कार वितरण कार्यक्रम दिउँसो ३ बजे राखिएको छ।

हिजो आयोजित उद्घाटन समारोहमा इटहरी वडा नं. २० का वडा अध्यक्ष मनिराम श्रेष्ठ मुख्य अतिथि रहनुभएको थियो। कार्यक्रममा अन्य स्थानीय प्रतिनिधि तथा विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो।

आज हुने फाइनल तथा समापन कार्यक्रममा नेपाल तरुण दल सुनसरीका अध्यक्ष सृजन गुरुङसहित अन्य स्थानीय नेताहरूलाई निमन्त्रणा गरिएको आयोजक टोलीका ओम खड्काले जानकारी दिनुभयो।

युवाहरूलाई कुलतबाट टाढा राख्दै सकारात्मक कार्यमा जोड्ने उद्देश्यले स्थापित धनपुरी युनिटीले खेलकुदका साथै स्थानीय स्तरमा सामाजिक कार्यहरू समेत गर्दै आएको छ।

क्लबले सरसफाइ अभियान, सिसीटिभी (CCTV) जडान, स्ट्रिट लाइट तथा स्ट्रिट मिरर (घुम्ती ऐना) जडान व्यवस्थापन, र विभिन्न स्थानमा डस्टबिन राख्ने जस्ता सह्रानीय कार्यहरू गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *