कृषि कर्मको लागि गाउँ फिरेका काजीमान

0

स्याङ्जाबाट बुटवल हुँदै साउदी पुगेका काजीमान गुरुङ फेरि स्याङ्जा फर्किएर बाख्रापालनमा रमाउन थालेका छन्।

Gurung News

स्याङ्जा । फेदीखोला गाँउपालिका वडा नं ५ इलिची निवासी काजीमान गुरुङले बाख्रा पालन थालेको पाँच वर्ष बित्यो। बुटवल बसाइ सरिसकेका काजीमानको परिवार अहिले फेरि गाउँमै बसेर कृषि पेसा गर्ने लक्ष्यसहित पुर्ख्यौली गाउँ सम्रेस इलिची फर्किएका हुन्।

करिब ८ वर्ष साउदी अरेबिया बसेका ४० वर्षीय काजीमानले अहिले ६० वटा बाख्रा पालेका छन्। गाउँमा आधुनिक खोर बनाएर व्यवस्थित तरिकाले बाख्रापालन गरेका हुन्। फेदीखोला गाउँपालिकाले ब्याडको लागि बोयर बोका उपलब्ध गरएपछि उनलाई अलि सहज भएको छ। उनको खोरमा स्थानीय खरी, जमुनापारी जातका बाख्रा छन्।

शान्तिदीप मल्टिपर्पोज एग्रो फार्म नामक कृषि फर्म दर्ता गरी सञ्चालन गर्दै आएका काजीमानलाई अहिले आफ्नै भाइ अनुजकुमार गुरुङले साथ दिएका छन्। फेदीखोला गाउँपालिकाले हरेक वर्ष आयोजना गर्ने कृषि मेलामा सहभागी भइ पुरस्कृतसमेत हुँदै आएका काजीमानले यस वर्ष पनि प्रथम स्थान हासिल गरेका छन्।

‘कृषि गर्नेलाई सहयोग गर्नुपर्छ, बिचौलियालाई होइन, सिधै किसानको हातमा अनुदान पुग्नुपर्छ’ भनेर यस आर्थिक वर्षमा फेदीखोला गाँउपालिकाले बाख्रा पकेट क्षेत्र घोषणा गरी रु १० लाख बराबरको अनुदान दिएको फेदीखोला गाँउपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए।

गुरुङ न्युज

Leave a Reply

Your email address will not be published. Required fields are marked *