लगानीकर्तालाई सबैभन्दा राम्रो प्रतिफल दिने बैंकहरु थाहा पाउनुहोस्

0
bank business

काठमाडौँ– लगानीकर्तालाई उच्च प्रतिफल दिने अग्रपंक्तिमा एनआइसी एसिया, सानिमा बैंक, हिमालयन बैंक, एनबी बैंक र सिद्धार्थ बैंक देखिएका छन् । बैंकहरूले प्रकाशित गरेको आर्थिक वर्ष २०७७–७८ को वित्तीय विवरण अनुसार रिटर्न अन इक्विटी (स्वपुँजी प्रतिफल)का आधारमा एनआइसी एसिया बैंकले यसका लगानीकर्तालाई प्रतिस्पर्धी बैंकहरूको तुलनामा सबैभन्दा बढी १५.७१ प्रतिशत प्रतिफल दिन सफल भएको छ ।

पुँजी पर्याप्तता अनुपात नियाकीय सीमा नजिक राखेको यस बैंकले लगानीकर्तालाई राम्रो प्रतिफल दिन सफल भएको छ । नेपाल राष्ट्र बैंकको नियामकीय आवश्यकता अनुसार ११ प्रतिशत पुँजी पर्याप्तता अनुपात कायम गर्नुपर्नेमा एनआइसी एसिया बैंकको पुँजी पर्याप्तता अनुपात साढे ११ प्रतिशतभन्दा कम छ । 

एनआइसी एसियापछि सानिमा बैंकले पनि लगानीकर्तालाई १५ प्रतिशतभन्दा माथि १५.३१ प्रतिशत प्रतिफल दिएको छ । सेयरधनीको लगानीमा कति प्रतिशत नाफा आर्जन गर्‍यो, त्यो नै पुँजी लगानीमा प्रतिफल हो । अर्थात्, रिटर्न अन इक्विटी (लगानीकर्ताले पाउने प्रतिफल) कुल आयमा सेयरधनीको स्वपुँजी लगानीले भाग गरेर निकालिन्छ । सेयरधनीको स्वपुँजी लगानी भन्नाले कम्पनीको सम्पत्तिमा यसको दायित्व कटाएर निकालिन्छ । त्यसकारण खुद सम्पत्तिमा प्राप्त हुने प्रतिफल दरका रूपमा यसलाई हेर्न सकिन्छ । यो नै कम्पनीको कार्यसम्पादन मापन गर्ने प्रमुख औजार हो ।  लगानीको कार्यसम्पादन र प्रभावकारितालाई लगानीकर्ताले पाउने प्रतिफलदरले प्रतिनिधित्व गर्छ ।

नेटवर्थ ठूलो भएका बैंकले सो अनुसार नाफा बढाउन सकेका छैनन् । उदहारणका लागि ग्लोबल आइएमई बैंककको ३२ अर्ब रुपैयाँको सेयरधनी कोष छ उसको गत आर्थिक वर्षको नाफा ४ अर्ब १३ करोड रुपैयाँ छ । तर १४ अर्ब ८७ करोड रुपैयाँको सेयरधनी कोष भएको सानिमा बैंकले २ अर्ब २८ करोड रुपैयाँ नाफा कमाएको छ । रिटर्न अन इक्विटी उच्च हुनुले उक्त कम्पनीको नाफा गर्ने क्षमता (प्रोफिट्याबिलिटी) उच्च रहेको जनाउँछ ।

ठूलो नेटवर्थ भएका सरकारी बैंकहरूको सेयरधनी कोषको तुलनामा प्रतिफल दर न्यून छ । प्रतिफलदरले कति लगानीमा उक्त नाफा आर्जन गरेको हो भन्ने जनाउँछ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकको औसत प्रतिफलदर १३ प्रतिशत छ । सेयरमा आधारित आम्दानी कटाउने हो भने यो १२ प्रतिशतको हाराहारीमा रहने नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् । 

‘१०–१२ प्रतिशतको प्रतिफल भनेको अन्य उद्यम/व्यवसायको तुलनामा निकै न्यून प्रतिफल हो,’ उनले भने ।  

  बैंकसेयरधनी कोष (रुपैँया)खुद नाफा २०७८ असार मसान्त(रुपैँया)रिटर्न अन इक्विटी(स्वपुँजी प्रतिफल) %प्रारम्भिक लगानीका आधारमा प्रतिफल %
नबिल बैंक३३ अर्ब ३३ करोड ४ अर्ब ५० करोड१३.५२  १५.६३
ग्लोबल आइएमइ बैंक३२ अर्ब ६९ करोड४ अर्ब १३ करोड १२.६२ १४.६५
राष्ट्रिय वाणिज्य बैंक३० अर्ब १८ करोड३ अर्ब ८० करोड १२.५८ १४.३८
 कृषि विकास बैंक३१ अर्ब ६५ करोड ३ अर्ब ६९ करोड ११.६७ १३.२२
नेपाल इन्भेष्टमेण्ट  बैंक३२ अर्ब २७ करोड ३ अर्ब ६५ करोड ११.३२ १२.७६
 प्राइम बैंक २३ अर्ब ९२ करोड ३ अर्ब २५ करोड ४७ लाख १३.६० १५.७५
 एनआइसी एसिया २० अर्ब ६९ करोड ३ अर्ब २५ करोड १० लाख १५.७१  १८.६४
 नेपाल बैंक ३३ अर्ब २६ करोड ३ अर्ब ७ करोड ९.२२ १०.१५
 हिमालयन बैंक २० अर्ब ८ करोड  ३ अर्ब१४.९३ १७.५५
सिद्धार्थ बैंक२० अर्ब २६ करोड २ अर्ब ८४ करोड १४ १६.२७
एनएमबी बैंक २३ अर्ब ९६ करोड२ अर्ब ७३ करोड ११.४० १२.८६
मेगा बैंक२० अर्ब ३० करोड२ अर्ब ३० करोड ११.३४ १२.७९
 एनबी बैंक१५ अर्ब ३७ करोड२ अर्ब २९ करोड १४.९२ १७.५४
 सानिमा बैंक १४ अर्ब ८७ करोड २ अर्ब २८ करोड१५.३१ १८.०८
प्रभु बैंक १७ अर्ब ४२ करोड २ अर्ब ०१ करोड ११.५५ १३.०६
 कुमारी बैंक १९ अर्ब २ अर्ब १०.५३ ११.७७
 एभरेष्ट बैंक २० अर्ब ६९ करोड १ अर्ब ८३ करोड ८.८४ ९.७०
माछापुछ्रे बैंक१२ अर्ब ८८ करोड १ अर्ब ६३ करोड १२.६६ १४.४९
 सिटीजन्स बैंक   १८ अर्ब ६८ करोड  १ अर्ब ६० करोड ८.५६ ९.३६
लक्ष्मी बैंक १६ अर्ब ८३ करोड  १ अर्ब ५४ करोड ९.१६ १०.०८
 बैंक अफ काठमाडौँ १६ अर्ब ३३ करोड १ अर्ब ५४ करोड ९.४१ १०.३८
सनराइज बैंक१४ अर्ब ८३ करोड १ अर्ब ५० करोड १०.१४  ११.२८
स्ट्याण्डर्ड चार्टर्ड बैंक १६ अर्ब २२ करोड १ अर्ब ४० करोड ८.६४ ९.४५
 एनसीसी बैंक १४ अर्ब ५८ करोड १ अर्ब २७ करोड ८.७२ ९.५५
 नेपाल एसबीआई बैंक १५ अर्ब ४० करोड ९६ करोड ६.२४ ६.६६
 सेञ्चुरी बैंक ११ अर्ब ५ करोड ७५ करोड ६.७९ ७.२८
 सिभिल बैंक १० अर्ब ६९ करोड ५५ करोड ९४ लाख ५.२३ ५.५२

(आ.व.२०७७–७८ को असार मसान्तसम्मको वित्तीय विवरणमा आधारित)

इकागज | www.ekagaj.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *