(आर्काइभबाट)
तरहरा । राइडरहरुसँग परोपकारका लागि कोष जुटाउने उद्देश्यले सन् २०११ मा केवल ३५ जना राइडरहरुबाट शुरू गरिएको ठूलो च्यारिटी राइड अब तरहरामा पनि अनुमानित दुई सयभन्दा बढी राइडहरुको सहभागितमा तरहरा साइक्लिङ क्लबले कोरा साइक्लिङ च्यालेन्ज शनिबार आयोजना गर्दैछ । यो परोपकारी साईक्लिङ राइड तरहराको इतिहासकै पहिलो र सबैभन्दा ठूलो हुनेछ ।
तरहरा साइक्लिङ क्लबका अध्यक्ष तथा कार्यक्रमका प्रमुख शिव रुम्दाली राईले जानकारी दिनुभएअनुसार, कोरा साईक्लिङ राइड इटहरी उपमहानगरपालिका वडा नं. २०, तरहराको मुख्य चोकबाट बिहान ७ बजे शुरु हुनेछ र इटहरी १,२,१९ वडा कोरा (परिक्रम) गरि तरहरा बजारको सगरमाथा खेल मैदान (बास्केटबल ग्राउण्ड), वडा कार्यालय अगाडि, आएर रोकिनेछ ।
अध्यक्ष रुम्दालीले जानकारी दिएअनुसार, त्यसअघि चोकबाट तरहराको तारकेश्वर मन्दिर हुदै सुन्दर टोल, पानीपिया र देवीथान मन्दिर, शान्तिनगर चर्च, सुन्दरदेवी मन्दिरको राइड गर्दै राइडरहरु आँपगाछीबाट पूर्व हाँसपोसा गाविसको मस्जिद, कराईबन, जब्दी मन्दिर, ब्रह्मपुर मन्दिर, बौद्ध चोकको तामाङ गुम्बा र गुरुङ गुम्बाको साईक्लिङ राइड गर्नेछन् ।
“यो कोरा साईक्लिङको मुख्य उद्देश्य परोपकार भए पनि ।”, अध्यक्ष रुम्दाली भन्छन्, “यो वृहत कार्यक्रमले तरहरामा साईक्लिङ राइड संस्कृतिको पनि विकास हुने विश्वासले लिएर यो आयोजना गरिएको हो ।”
त्यसबाहेक, साईक्लिङ राइड गर्दा शारीरिक रुपमा पनि स्वास्थ्यलाई पनि फाइदा पुग्ने र वातावरणीय प्रदुषणका दृष्टिले पनि उत्तम हुनेभएको उनको कथन थियो । भन्छन्, सँगै हाम्रो इटहरीको पर्यटन प्रवर्द्धनमा पनि यसबाट मद्दत पुग्नेछ ।
सामान्यताः साईक्लिङ राइडमा संकलन भएको रकम विभिन्न संघसंस्था, सरकारी वा सामुदायिक विद्यालय वा, गैरनाफामूलक संस्थालाई सहयोग गर्ने परम्परा भएकोले तरहरा कोरा साईक्लिङ राइडबाट संकलित रकम पनि परोपकारी कार्यमा खर्चिने भएको छ । उसले खर्च कटाएर रहेको संकलित रकम शारीरिक अपाङ्गता भएका दुईजना स्थानीय युवाहरुलाई सहयोग गर्ने, बताएको छ ।
ूशहरमा एक्लै सवारी गर्नु सधैं एउटा कुरा थियो, तर समूहमा सवारी गर्नु त्यति ठूलो कुरा थिएन, तर कोराले हामीलाई धेरै भन्दा धेरै मानिसहरूले साइकल चलाउन थालेको प्रवर्द्धन गर्न मद्दत गर्छ,ू डोङ्गोल भन्छन् ।
तरहरामा कोरा साइक्लिङ च्यालेन्ज हुँदै, अपाङ्गलाई सहयोग गर्ने उदेश्य
तरहरा स् इटहरी २० तरहरामा कोरा साइक्लिङको तयारी गरिएको छ । तरहरा साइक्लिङले आयोजना गर्न लागेको कोरा साइक्लिङमा करीब दुई सय जनाको सहभागी हुने अध्यक्ष शिव रुम्दाली राईले जानकारी दिए ।
यस्तो किसिमको साइक्लिङ इटहरी क्षेत्रमै पहिलोपटक आयोजना गर्न लागेको उनले बताए । शनिबार बिहान ७ बजे तरहराको मुख्य चौक ९वीपी चौक० मा भेला भएर साइक्लिङ गरिने छ ।
उनका अनुसार इटहरी २० बाट सुरु हुने च्यालेन्ज इटहरी १,२,१९ वडा परिक्रमा गरिनेछ ।
तरहराको तारकेश्वर मन्दिर परिक्रमा गरी सुन्दर टोल हुँदै, पानीपिया र देवीथान मन्दिर परिक्रमा हुँदै शान्तिनगर चर्च, सुन्दरदेवी मन्दिर, आँपगाछीबाट हाँसपोसा मस्जिदलाई परिक्रमा गरी कराईबन हुँदै, जब्दी मन्दिर र ब्रह्मपुरको मन्दिर हुँदै, तामाङ गुम्बा, गुरुङ गुम्बा हुँदै तरहराको बास्केटबलमा सभा विसर्जन गरिने रुम्दालीले बताए ।
तरहरा साइक्लिङकै सदस्यहरू र व्यवसायीबाट केही रकम संकलन गरिएको र यहाँका अपाङ्गहरूलाई सहयोग गर्ने उदेश्य रहेको कोरा साइक्लिङ च्यालेन्जका संयोजक सन्तोष श्रेष्ठले बताए ।
“हामीले संकलन गरेको रकमबाट अपाङ्ग मानिसहरूलाई सहयोग गर्ने उदेश्य छ,” उनले भने, “साइक्लिङमा करीब दुई सय जना सहभागी हुने र उनीहरूबाट जनही एक सय रुपैयाँ लिने योजना बनाएका छौं ।” कोरा साइक्लिङ चियारिटी शो जस्तै रहेको उनले बताए ।
