१३ वर्ष नशामुक्त जीवन: आत्मविजय र नयाँ क्षितिजको यात्रा

0
Aashish Grg story

इटहरी । गोर्खा खबर

जीवनमा सफलता सहजै मिल्दैन, यसका लागि कैयौँ विफलता, पाठ र कठोर संघर्षको सामना गर्नुपर्छ। यस्तै एउटा जीवन्त र प्रेरणादायी कथाका पात्र हुन्—आशिष गुरुङ। विगतमा कृषि, पशुपालनदेखि माछा पालनसम्मका विभिन्न व्यवसायमा हात हालेका आशिषले व्यवस्थापकीय अनुभव र प्राविधिक ज्ञानको कमीका कारण असफलताको स्वाद पनि चाख्नुपर्‍यो। तर, उनले हार मानेनन्। जीवनको एउटा मोडमा उनले मोक्ष पुर्नजीवन केन्द्रको सुरुवात गरे, जसले धेरैलाई नयाँ जीवन दियो। त्यही दृढताका साथ अघि बढेका आशिष आज इटहरीकै उत्कृष्ट र प्रतिष्ठित स्पोर्ट्स बार तथा रेस्टुरेन्ट ३०३ लाइफस्टाइल भेन्युज इस्टको प्रमुखका रूपमा कार्यरत छन् । दर्जनभन्दा बढी कर्मचारीहरूलाई रोजगारी दिँदै, उत्कृष्ट कला र कौशलले सजिएको यो सुप्रसिद्ध भेन्युमार्फत उनले पूर्वी नेपालकै आतिथ्य सत्कारमा एउटा नयाँ बेन्चमार्क खडा गरेका छन्।

उनको १३ वर्षे नशामुक्त जीवन र व्यावसायिक सफलतामा आधारित यो विशेष लेख यहाँ प्रस्तुत गरिएको छ ।

जीवनमा अनेकौं चुनौती, उतार–चढाव, पीडा र परीक्षाहरू आए। कहिलेकाहीँ बाटोहरू यति कठिन र घुमाउरा भए कि लाग्यो अब यात्रा अघि बढ्न सक्दैन। व्यवसायका सुरुवाती दिनहरूमा कृषि, पशुपालन र माछा पालन जस्ता क्षेत्रमा गरेका प्रयासहरू सोचेजस्तो सफल भएनन्। व्यवस्थापकीय कमजोरी र उचित ज्ञानको अभावले ती व्यवसायहरूलाई लामो समय टिकाइराख्न सकिएन। तर, हरेक असफलताले मलाई एउटा नयाँ पाठ सिकायो। मनभित्रको दृढ संकल्प, आत्मविश्वास र सकारात्मक सोचलाई साथ लिएर म निरन्तर अघि बढिरहेँ।

आज जीवनको एउटा निकै महत्त्वपूर्ण र ऐतिहासिक कोसेढुङ्गा पार भएको छ—१३ वर्षको नशामुक्त जीवन।

यो १३ वर्षको यात्रा मेरो लागि केवल एउटा समयावधि वा अङ्क मात्र होइन, यो त आत्मविजय, पुनर्स्थापना र गुमेको आत्मसम्मान फिर्ता पाएको एउटा नयाँ जीवनको बलियो प्रतीक हो। यही रूपान्तरणको ऊर्जाले नै मलाई मोक्ष पुर्नजीवन केन्द्र (रिह्याब सेन्टरु) स्थापना गर्ने प्रेरणा दियो, जहाँ मैले कयौँ साथीहरूलाई अन्धकारबाट उज्यालो तर्फ डोर्‍याउने प्रयास गरेँ।

विगतका यी १३ वर्षहरूले मलाई सिकाएका छन् कि यदि इच्छाशक्ति बलियो छ र मनमा केही गर्छु भन्ने अठोट छ भने परिवर्तन पूर्ण रूपमा सम्भव छ। हरेक नयाँ बिहानी हाम्रा लागि एउटा नयाँ अवसर हो, हरेक संघर्ष परिपक्व बन्ने एउटा पाठ हो, र आजको यो सफलता निरन्तरको आत्मसंयम र प्रयासको सुन्दर परिणाम हो।

त्यही संघर्ष र अनुभवको जगमा आज म इटहरीकै एउटा प्रिमियम र प्रतिष्ठित गन्तव्य “३०३ लाइफस्टाइल भेन्युज इस्ट”को नेतृत्व गरिरहेको छु। उत्कृष्ट कला, भेषभूषा र मौलिक शिल्पकलाले क्लासिक रूपमा सजिएको यो स्पोर्ट्स बार तथा रेस्टुरेन्टमा ऋभ्इ को भूमिका निर्वाह गर्दै दर्जनभन्दा बढी युवाहरूलाई नेतृत्व दिन पाउनु मेरो जीवनको अर्को ठूलो सुखद मोड हो। व्यवसायमा व्यवस्थापन र सही दृष्टिकोणको कति महत्त्व हुन्छ भन्ने कुरा आज “३०३ लाइफस्टाइलु”को सफलताले पुष्टि गरेको छ।

आज म आफ्नो यो रूपान्तरण र व्यावसायिक यात्राप्रति हृदयदेखि नै गर्व गर्छु। र, समाजका हरेक वर्ग, विशेष गरी युवा पुस्तालाई एउटा जीवन्त सन्देश दिन चाहन्छु ।

“नशाको अन्धकार र विगतका असफलताहरूबाट टाढा रहेर पनि एक स्वस्थ, सम्मानित, र उद्देश्यपूर्ण जीवन बाँच्न पूर्ण रूपमा सम्भव छ। परिस्थिति जस्तोसुकै आओस्, आफ्नो निर्णयमा दृढ रहनुहोस्, आशा कहिल्यै नमार्नुहोस्, किनकि निरन्तरको प्रयास र सही व्यवस्थापनले उज्यालो भविष्य सधैं सम्भव छ।

अन्ततः, यो १३ वर्षको नशामुक्त यात्रा र ३०३ लाइफस्टाइलु सम्मको यो व्यावसायिक उचाइ मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि र सबैभन्दा गौरवमय जीत हो। यो यात्रामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा साथ दिने, व्यावसायिक सहयात्रीहरू र मप्रति विश्वास राख्ने सम्पूर्णमा हार्दिक आभार।

१३ वर्ष नशामुक्त र सफलताको नयाँ मार्ग — मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि, सबैभन्दा ठूलो जीत भएको छ । आज यो नै खुशी भएको छ ।

नोटः आशिषको भावलाई केही सम्पादनसहित प्रस्तुत गरिएको हो । (सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *