भ्रमको इटहरी भर्सेस वास्तविक इटहरी

0
d6db6822-3cad-4947-bca8-3fdc8b44502b

नवीन गुरुङ

आफूलाई ‘एलिट’ वा सम्भ्रान्त ठान्ने केही वर्ग सामाजिक सञ्जालमा गरिएको प्रचारको ठूलो खेतीमा नै यति आत्मरतिमा रमाउछन् कि, लाग्छ समग्र इटहरी तिनको कब्जामा छ, तिनी नै हुन् इटहरीको मसिहा । विडम्वना ! धरातलीय यथार्थ सर्वथा फरक छ ।

इटहरीको, विशेषतः मुख्य चोक र आसपासमा, एउटा यस्ता खतरनाक वर्गका दीर्घकालिन रुपका सिमित वर्गका जीर्ण रोगीहरु छन् जसलाई लाग्छ, इटहरी भनेकै हामी हौं, र हामी भनेकै इटहरी ।

रोगीहरु विश्वमञ्चमा छन् र ज्ञान पनि छ तर पनि स्वःठान्छन, इटहरीमा तिनीहरु चै सबैभन्दा माथि हुन् र इटहरीै तिनीहरुको सिमित घेरामा छ । निसंकोच आत्मरमित छ, नेतृत्व पनि हामीले मात्र गरिरहेका छौं । त्यसैले, फेशबुक, एक्स (ट्यूटर), इन्स्टा लगायतका सामाजिक सञ्जालहरूमा कुनै सानो कामको पनि यसरी देवत्वकरण गर्छन कि, मानौं ठूलै क्रान्ति भइसकेको छ, हुनेवला छ । अझ, यति उराठ र दिकदार गर्छन कि, कामै भईसकेको छ । सामाजिक संजालका जताततै ओइरिरहेका पोष्टहरु हेरेर हामी सहज थाहा पाउन सक्छौं, को कहाँ कसरी ? यी कृत्यहरु गरिरहेका छन् ।

हाँसपोसा गाविस इटहरी उपमहानगरपालिकाको वृहत चित्रमा गाभिनु पर्छ भनि आवाज उठाउने मध्येका, हालः उपमहानगरपालिकाको एक खम्बा, वडा नम्बर २०, को एक सचेत नागरिकका रूपमा यि रोगीहरुलाई सोध्न चाहन्छु— आखिर त्यस्तो के ठूलो काम भएको छ र यो आत्मरति ?

आफूलाई ‘एलिट’ वा सम्भ्रान्त ठान्ने केही वर्ग सामाजिक सञ्जालमा गरिएको प्रचारको ठूलो खेतीमा नै यति आत्मरतिमा रमाउछन् कि, लाग्छ समग्र इटहरी तिनको कब्जामा छ, तिनी नै हुन् इटहरीको मसिहा । विडम्वना ! धरातलीय यथार्थ सर्वथा फरक छ ।

वास्तविक उपलब्धि र उत्कृष्ट कार्य तब ठहरिन्छ जब हामी कोही भुइँतहमा पुगेर नागरिकको जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्न सक्छौं, कम्तीमा वास्तविक इटहरीलाई बुझ्ने प्रयास गरि समग्र इटहरीमा केही परिवर्तन ल्याउन सक्षम हुनेछौं ।

स्वःकल्पना, आत्मरति, अनि, हिजोआज फेसबुक लगायतका सामाजिक सञ्जालमा केही आकर्षक डिजाइनहरू पोस्ट गरेर, थप काल्पनिक संसारमा (illusion) रमाएर, आफ्नै इटहरीे सिर्जना गरिन्छ, आफैं दङ्ग पर्दै सोच्न थालिन्छ— “वाह ! कस्तो गज्जबको आईडिया/काम/इटहरी ! त्यसपछि, आफैं सर्वज्ञानी सम्झने भूल गरिन्छ ।

परन्तु, रोगीहरुलाई स्पष्ट हुनैपर्छ, इटहरी तबसम्म बन्न सक्दैंन, जबसम्म समग्र, सिङ्गो इटहरी बदल्न सक्दैनौं । इटहरीमा कोही पनि तवसम्म वास्तविक नेतृत्वकर्ता ठहरिने छैनन्, जबसम्म इटहरीका हरेक नागरिकको जीवनस्तरमा आर्थिक, सामाजिक र आधारभूत आवश्यकताका क्षेत्रहरू जस्तै— स्वास्थ्य, शिक्षा, रोजगारी, गरिबी निवारण, आपसी सद्भाव, मनोरञ्जन र पर्यटनमा ठोस परिवर्तन आउँदैन । फेशबुक लगायतका सामाजिक संजालमा कुर्लिएर, गफ दिएर, होटलमा तिनै एलिट आत्मरमिते नेतृत्वसँग ‘इन्टरयाक्ट’ गरेर इटहरी बन्दैन ।

सामन्ती, संकोचित र संक्रिण सोचमा शोषक प्रवृत्तिका कथित इटहरीका धनाढ्यहरूको गुनगान गाउदै आफ्ना स्वार्थ सिद्ध गर्नका लागि गरिने, जोसुकैले गर्ने, कुनै पनि प्रकारका कार्यक्रम वा योजनाहरुले सामाजिक संजालमा भ्रमपूर्ण इटहरी प्रस्तुत गर्न सक्ला ! किन्तु, वास्तविक इटहरी देखाउन सक्दैन् ।

इटहरी चोकको चौघेराबाट उठेर भुइँसतह (grassroot) मा पुगे मात्र समग्र इटहरीमा परिवर्तन सम्भव छ । किनकी, दूरदराजका वडाहरूमा मानिसको जीवन कस्तो छ, फेशबुक लगायतका सामाजिक संजालमा कुर्लिने हामी मध्ये कतिले प्रत्यक्ष महशुष गरेका छौं ? कतिलाई थाहा छ ?

यसर्थ, सामाजिक संजाल लेख्दैमा, आकर्षक पोष्टहरु डिजाईन गर्दैमा, मनका भावना पोख्दैमा र इटहरीका चोकहरुमा भेला हुदैमा, कार्यक्रम गर्दैमा र फेशबुकमा चम्किँदैमा सिङ्गो इटहरी समृद्ध हुँदैन ।

सीमावर्ती र ओझेलमा परेका सबै वडाहरू पनि एकैसाथ सम्बृद्धिका सारथी भए, समग्र इटहरी कुनै न कुनै समय वाह इटहरी बनिने हो ।

यसका लागि, अब हाम्रा सोचका क्षितिजहरूलाई फराकिलो बनाउन सक्नुपर्छ । फेशबुकमा सस्तो प्रचारबाजीभन्दा माथि उठेर अझ बढी बृहत्, विवेकशील र दूरदर्शी बनिएर साझा रुपमा हाम्रो इटहरी बारे कल्पना, बहस, छलफल र निर्णयहरु हुनुपर्छ ।

एआईद्धारा जेनेरेट गरिएको सांकेतिक तस्विर, वास्तविक्तासँग सम्बन्धित छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *