नवीन गुरूङ_____
इतिहास साक्षी छ, इटहरी थारु (चौधरी) समुदायको ऐतिहासिक र महत्व बोकेको भूमि हो । यो भूमिको सर्वोच्च पदमा सोही समुदायका आदरणीय श्री द्धारिकलाल चौधरी निर्वाचित हुनु आपैmमा गौरव र खुशीको कुरा हो ।
विचार, सिद्धान्त र स्वभावले हामी फरक हुन सक्छौं तर, मेयरका सबै प्रत्यासी आ-आफना पक्ष/तरिका/हेराई र बुझाईले “राम्रा” हुदाँहुदै अन्यकाभन्दा बढी मत पाएर चौधरी मेयर निर्वाचित भईसकेकाले उनको (मेयर पदको) सम्मान गर्नु हामी सबै जिम्मेवार र असल नगरवासीको शिष्टता हो ।
केही समयता, उनलाई बदनियतपूर्वक जर्वरजस्ती “मजाकको-पात्र” बनाउने विवेकशुन्य ‘निच’ काम भईरहेको छ । असल संस्कार, सभ्यता र शिष्टचार भएकाहरुले यसखाले ‘तुच्छ-आचारण’ प्रस्तुत गर्दैनन् ।
नगरको विकास, सम्बृद्धि र आर्थिक उन्नतिका निम्ति मेयर चौधरीका भिजनहरु, त्यसमा उनले तत्परर्ता देखाएका छन् या छैनन् ? जनताका लागि काम थाले कि थालेनन् ? अब उनले नगर र नगरवासीका लागि के गर्नु पर्छ ? आदि इत्यादि विषयहरुलाई प्राथमिकतामा राख्नु पर्नेमा हामी “पन्ध्रको चिया पिएर (त्यो पनि पैसा अरुलाई नै तिर्न लगाउछौं) करोडका गफ दिने कथित विद्धवान भनाउदा स्वाठहरु” चौधरीको स्वभाव र व्यक्तिगत आचरण बारे लेख्नमा अल्झिएका छौं ।
उनको स-साना कुराको आलोचना गर्नुभन्दा, यदि हामी जिम्मेवार र कर्तव्यनिष्ट नगरवासी हौं भने, बढित्तर उनको कार्याललयका निति, उनले ल्याउने ल्याएका कार्य योजना र उनका आगामी दिनका भिजन/प्रोजेक्टहरु बारे चनाखो भएर हेर्नु सायद उचित हुनेछ होला ।
अनि, राम्रा काम भए साथ दिने, गलत वा अनुचित भए खबरदारी गर्ने या विरोध जनाउने काम चै सर्वोत्तम हुनेछ ।
अन्त्यमा, मेयर चौधरीको बचाऊ, समर्थन वा प्रशंसा गरिएको होईन । एउटा जिम्मेवार नगरवासी हुनाले आप्mना विचार पोखेको हु । मेयर चौधरीसँग सुमधुर सम्बन्ध स्थापित गर्ने अभिप्राय वा उनीसँग केही आशा र अपेक्षा गरेर पनि यो विचार व्यक्त गरेको होईन । नगर प्रमुख हुनुभएकोले मेरो मनमा उहाँ प्रति आत्मिय सम्मान छ, तपाईकोमा हुनु नहुनु तपाईमा नै भर पर्ने कुरा हो । र, शिष्टचार, संस्कार, सभ्यता र असल आचरण भएकाले सकारात्मक दृष्टिकोणले पनि हेर्छन भन्ने प्रमाण पनि पेश गरेको हु ।
जय इटहरी ।। जय नगरवासी
